काठमाडौँ । नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालयले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै २६०० भन्दा बढी जनशक्ति माग गरेको हो।
स्वीकृत दरबन्दीभित्र रहेका सैन्य पदमा खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नेगरी आवेदन आह्वान गरिएको भन्दै सेनाले तोकिएको भर्ना केन्द्रमा फाराम बुझाउन अनुरोध गरेको छ ।
इच्छुक उम्मेदवारले वैशाख २७ भित्र आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर थप ७ दिनभित्र पनि आवेदन दिन सक्नेछन् ।
योग्यताका हकमा कक्षा ८ पास गरेकाले पनि आवेदन दिन सक्नेछन् । यस्तै उचाइ न्यूनतम ५ फिट ३ इन्च पुरुषको हकमा हुनुपर्नेछ भने महिलाको हकमा ५ फिट हुनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ चैत्र २०८१, १० : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज २६३ औँ सेना दिवस, टुँडिखेलमा विशेष समारोह
निर्वाचन सुरक्षाका लागि आजदेखि सेना परिचालन
नेपाली सेनामा तीन सय ८८ पदमा जागिर खुल्यो
नेपाली सेनाप्रति ऋणी रहनेछौं : हामी नेपाल
भ्रामक सूचनामा विश्वास नगर्नुस् : नेपाली सेना
अलपत्र परेका विदेशी नागरिकलाई सुरक्षाकर्मीमार्फत सहयोग गर्ने सेनाको आग्रह