एजेन्सी । ३० रनमा तीन विकेट गुमाइसकेको दिल्ली क्यापिटलले कम ब्याक गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल)को बिहीबार भएको खेलमा रोयल च्यालेन्जर बंगलोरु (आरसिबी)लाई ६ विकेटले हराएको छ। १६४ रनको लक्ष्य पाएको दिल्लीले १३ बल बाँकी रहँदा ६ विकेटको क्षतिमा १६९ रन जोडेको हो।
दिल्लीका लागि केएल राहुलले ९३ रन जोडे। ५३ बलको उनको पारीमा ७ चौका र ६ छक्का समावेश थियो। ५८ रन भएको समयमा चौथो विकटको रूपमा कप्तान अक्षर पटेललाई १५ रनमा गुमाएको दिल्लीका लागि राहुल र ट्रिस्टियन स्टब्सले अविजित १११ रनको साझेदारी गरे। स्टब्सले २३ बलमा ३८ रन जोडे। राहुल प्लेयर अफ द म्याच घोषित भए।
भुवनेश्वर कुमारले चार ओभरमा २६ रन खर्चेर २ विकेट लिए। दिल्लीका शीर्ष क्रमका तीन ब्याट्सम्यान दोहोरो अंक छुन असफल भएका थिए। फाफ डी प्लेसिस दुई तथा ज्याक फ्रेजर म्याक गुरुक र अभिषेक पोरेल सात रनमा आउट भएका थिए।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलोरुलाई सस्तोमा समेट्ने क्रममा स्पिनर जोडी कुलदीप यादव र विपराज नेगीले सानदार बलिङ गरे। दुवैले समान दुई विकेट लिए। यादवले चार ओभरमा १७ तथा नेगीले १८ रन मात्र खर्चिए। कप्तान पटेल भने महँगो साबित भए। उनले चार ओभरमा ५२ रन खर्चिए।
बंगलोरुका लागि प्रारम्भिक ब्याट्सम्यान फिल साल्ट र सातौँ क्रममा ब्याट्सम्यान टिम डेभिडले सबैभन्दा धेरै ३७ रन जोडे। २० रन खेल्दै अविजित रहेका उनले दुई चौका र चार छक्का प्रहार गरे। यसैगरी साल्टले विष्फोटक सुरुवात गर्दै १७ बलमा चार चौका र तीन छक्का प्रहार गरेका हुन्। कप्तान रजत पाटिदरले २५ तथा विराट कोहलीले २२ रनको योगदान दिए।
अपराजित दिल्ली आठ अंकहित दोस्रो स्थानमा छ। चार खेलमा जित हात पारेको दिल्लीलाई ५ खेलमा चार जित हात पारेको गुजरात टाइटानले दोस्रो स्थानमा छाडेको हो। तेस्रो स्थानको आरसिबीको समान ६ अंक छ भने पन्जाब चौथो तथा लखनउ पाँचौँ स्थानमा छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ चैत्र २०८१, ०८ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुजरातलाई हराउँदै बेंगलुरु लगातार दोस्रो पटक आईपीएल च्याम्पियन
आईपीएल फाइनलमा आज : आरसिबी र गुजरातको भिड्दै : कसले मार्ला बाजी ?
आईपीएल : शुभमन चम्किँदा गुजरात फाइनलमा, उपाधिका लागि बैंगलुरुसँग खेल्ने
आईपीएल : हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा
आईपीएलको लिग चरण समाप्त: क्वालिफायरमा आरसीबी र गुजरात भिड्ने
आईपीएलः रोमाञ्चक भिडन्तमा दिल्ली विजयी, राजस्थान पाँच विकेटले पराजित