काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अन्तर्राष्ट्रिय स्तरबाट आउने गरेका अनुदानहरू पहिलेभन्दा घट्दै गइरहेको बताएकी छन् । भूराजनीतिक कारणले वैदेशिक अनुदान अझै घट्ने पनि उनले बताइन् ।
नेपाल उद्योग वाणिज्य महासंघको ५९ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राणाले भनिन्, ‘वैदेशिक अनुदान र ऋणहरु पहिलाभन्दा कम हुन्छ भन्ने कुरा हामी सबैलाई थाहा छ । हाम्रो वैदेशिक सहायताको स्थिति पहिला भन्दा कम छ ।’
तर, यो नराम्रो कुरा नभएको भन्दै उनले केही तथ्यांक प्रस्तुत गरिन् । उनले भनिन्, ‘२०४६ सालमा २० अर्बको बजेट हुँदा ५० प्रतिशत वैदेशिक ऋण थियो । २०८१ मा अनुदानको हिस्सा १८ खर्बको बजेटमा १४.४ प्रतिशत थियो । यसको अर्थ, नेपालले आफ्नो राजस्व संकलन बढाएर लगेको देखिन्छ ।’ उनले उद्योग वाणिज्य महासंघले देशको अर्थतन्त्रलाई अघि बढाउन सघाउ पुर्याएको बताइन् ।
सबै नेपालीमा रहेको आर्थिक विकास र प्रगतिको आकांक्षाहरू निजी क्षेत्रको सक्रियता र सहभागिताबाट मात्रै हासिल गर्न सकिने बताइन् । ‘सबै नेपाली आर्थिक विकास र प्रगतिको आकाक्षी छौं । ती आकांक्षाहरू निजी क्षेत्रको सक्रियता र सहभागिताबाट मात्रै हासिल गर्न सकिनेछ’ उनले भनिन्, ‘विकासशील राष्ट्रमा उक्लिन नेपालले दिगो विकासका लक्ष्यहरू हासिल गर्नुपर्नेछ । द्रूत आर्थिक वृद्धि एवं विकासको आकांक्षा हामीलाई पूरा गर्नुछ ।’
विकासशील राष्ट्रमा उक्लिन नेपालले दिगो विकासका लक्ष्यहरू हासिल गर्नुपर्ने र त्यसका लागि निजी क्षेत्रको साथ सहयोग जरुरी रहेको बताइन् ।
उनले पूँजीगत खर्च बढाउन जरुरी रहेको र त्यसका लागि सरकार कटिबद्ध रहेको बताइन् । सरकारी स्रोत परिचालनमा देखिएका समस्या नयाँ नभएको बताउँदै उल्लेख गर्दै उनले भनिन्, ‘राजनीतिक स्थायित्व नहुँदा विगतमा समस्या देखिएका थिए, अब हट्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ चैत्र २०८१, १५ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
भारतबाट फर्केको एक सातामै किन चीन जाँदैछन् परराष्ट्रमन्त्री ?
परराष्ट्र मन्त्री शिशिर खनाल नयाँ दिल्लीमा
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
रवि लामिछाने फर्किएलगत्तै परराष्ट्रमन्त्री खनालको भारत भ्रमण
परराष्ट्रमन्त्री दिल्ली जाँदै