काठमाडौँ । नेपालमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मूल्य २ हजार रुपैयाँले बढेको हो ।
महासंघले जारी गरेको मूल्यसूची अनुसार सुनको प्रतितोला मूल्य १ लाख ७५ हजार ४०० रुपैयाँ पुगेको छ । मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ४०० रुपैयाँ रहेको थियो ।
यस्तै, बुधबार चाँदी प्रतितोला १ हजार ८३५ रुपैयाँ रहेको छ । मंगलबार यो मूल्य १ हजार ८३० रुपैयाँ थियो । चैत महिनामा गत २१ गते सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँ पुगेको थियो । सो दिन चाँदीको मूल्य प्रति तोला १ हजार ९९५ रुपैयाँ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ चैत्र २०८१, ११ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य फेरि बढ्यो, तोलाको कति पुग्यो ?
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य तोलामा तिन हजार घट्यो,कतिमा हुदैँछ कारोबार ?