काठमाडौँ । ‘कर र सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरणमार्फत अर्थतन्त्रको रूपान्तरण’ भन्ने नाराका साथ लेखा व्यवसायीको चौथो राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु भएको छ ।
कार्यक्रमको उद्घाटन उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरेका थिए । नेपालको लेखा व्यवसायको इतिहासमा प्राप्त अनुभवको विश्लेषणबाट उपयुक्त निष्कर्ष निकाल्ने विश्वास उनले व्यक्त गरे ।
अर्थमन्त्री पौडेलले कर प्रणालीको आधुनिकीकरण, कर नीतिहरूमा सुधार, करको दायरा विस्तार र करछली दुरुत्साहन गर्न सरकारले गम्भीर भएर काम गरिरहेको बताए । सार्वजनिक वित्त व्यवस्थापनको आधुनिकीकरण र सुधारको आवश्यकता रहेको औँल्याउँदै अर्थमन्त्री पौडेलले यसमा लेखा व्यवसायीहरूको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गरे ।
“सुशासन, पारदर्शिता, स्रोतको अधिकतम र उच्चतम प्रयोगका निम्ति यस संस्था र संस्थामा आबद्ध भएका यहाँहरूप्रति राष्ट्रले ठूलो आशा गरेको छ”, उनले भने “त्यो अपेक्षा पूरा गर्न यहाँहरूबाट अझ प्रभावकारी र संगठित प्रयास हुनेछ भन्ने विश्वास छ ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ चैत्र २०८१, ११ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजेट अभावमा लुम्बिनी गुरुयोजना रोकिँदैन: अर्थमन्त्री पौडेल
सुशासन र संस्थागत सुदृढीकरण सरकारको प्राथमिकता: अर्थमन्त्री पौडेल
रसुवाको बाढी प्रभावित क्षेत्रमा जाँदै अर्थमन्त्री पौडेल
पर्यटन क्षेत्र नेपालको समृद्धिको आधार होः अर्थमन्त्री पौडेल
मलेसियन लगानीकर्तालाई अर्थमन्त्री पौडेलले भने- ‘नेपालमा लगानीका लागि उपयुक्त वातावरण छ’
बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ: अर्थमन्त्री पौडेल