काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले तीनकुने क्षेत्रमा आपराधिक गतिविधिमा संलग्न थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुरको अरुण गाउँपालिका-५ का ४५ वर्षीय दिलकुमार श्रेष्ठ र सिन्धुपाल्चोक लिसङ्खुपाखर गाउँपालिका-४ का ३० वर्षीय जितबहादुर श्रेष्ठ रहेका छन् ।
उनीहरूले यही चैत १५ गते तीनकुने क्षेत्रमा प्रदर्शनका क्रममा भिडलाई उत्तेजित बनाई संघीय संसद भवन वरिपरि रहेको निषेधित क्षेत्र तोड्नका लागि प्रहरी माथि ढुंगामुढा गरी, आफैले चलाएको गाडीले प्रहरीको ज्यान लिने उद्देश्य र मनसायले आक्रमण गर्नुका साथै आम सर्वसाधारणहरूको सुरक्षार्थ सडकमा डिउटीमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल समेतका सुरक्षाकर्मीहरूलाई समेत ढुंगा, लाठी,फलामका रड, घरेलु हतियार प्रहार गरी खोसी सुरक्षाकर्मीहरूलाई घाइते बनाइएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई काठमाडौँको विभिन्न स्थानहरूबाट बुधवार पक्राउ गरेको हो । पक्राउ परेकालाई अपराधिक उपद्रव कसुर अन्तर्गत जिल्ला अदालत काठमाडौँबाट २० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ चैत्र २०८१, ११ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीनकुने घटना : आज सरकारी वकिलले जवाफ दिँदै
तीनकुने घटना : दुर्गा प्रसाईंसहित ५० प्रतिवादीको मुद्दामा थुनछेक बहस हुँदै
दुर्गा प्रसाईंसहित ३९ जना प्रतिवादीको बयान पुरा, आजबाट थुनछेक
तीनकुने घटनाका प्रतिवादीको बयान सुरु
प्रहरीले बुझायो तीनकुने घटनाको अनुसन्धान प्रतिवेदन, आइतबारमात्रै मुद्दा दर्ता हुने
तीनकुने घटनाको अनुसन्धान प्रतिवेदन बुझाउँदै प्रहरी, १ सय ८ जना प्रतिवादी बनाइने