काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदबाट राजीनामा दिएका प्रा. डा. केसरजंग बराललाई राजीनामा फिर्ता गरेर काममा फर्किन रेक्टर खड्ग केसी र रजिस्ट्रार केदारप्रसाद रिजालले आग्रह गरेका छन् ।
१० दिनअघि राजीनामा दिएका बराललाई रेक्टर केसी र रजिस्ट्रार रिजालले पोखरा नै पुगेर राजीनामा फिर्ता गर्न आग्रह गरेका हुन् । रेक्टर र रजिस्ट्रारले प्रधानमन्त्री एवं कुलपति केपी ओलीसँग छलफल गर्न बराललाई आग्रह पनि गरेका छन् ।
बराललाई कममा फर्किने वातावरण बनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई पनि सहजीकरण गर्न अनुरोध गरेका छन् । राजीनामा दिएका बरालले पनि रेक्टर र रजिस्ट्रारले काममा फर्किने प्रस्ताव गरेको स्वीकार गरेका छन् ।
रेक्टर केसीले पनि आफूहरू मिलेर काम गर्न चाहेको बताए । तर, बरालले गाडी, पीएसओ, ल्यापटप फिर्ता गरेर पोखरा गएका छन् । राजीनामा दिइसकेकाले उपकुलपतिमा बराललाई फर्काउने वा राजीनामा स्वीकृत गर्ने भन्ने निर्णय प्रधानमन्त्री एवं कुलपति केपी ओलीले गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ चैत्र २०८१, १४ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीसमक्ष चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको शपथ
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा भरत खत्री नियुक्त
त्रिविको उपकुलपतिमा दिपक अर्याल नियुक्त
ठप्प भयो त्रिवि, उपकुलपति, रेक्टर, रजिस्ट्रार कार्यालय र सेवा आयोगमा तालाबन्दी
स्वदेशमा नै रोजगारी सिर्जना गर्ने शैक्षिक कार्यक्रम आवश्यक : उपकुलपति प्रा.डा. थपलिया
केयूले ७ दिनभित्र माग्यो उपकुलपतिका लागि दोस्रो पटक आवेदन