सङ्खुवासभा। जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार सङ्खुवासभा र कैलालीबाट एक एक गरी दुई जना पक्राउ परेका हुन् ।
१६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा खाँदबारी नगरपालिका-८ बस्ने २५ वर्षीय नवराज कट्टेललाई आइतबार बिहान जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
कट्टेलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरेका जनाइएको छ । यस्तै, कैलाली, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धनगढी उपमहानगरपालिका-२ कृष्ण नगर बस्ने २४ वर्षीय शिवम साहलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । साहले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट बिशालनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
हाल पक्राउ परेका उनीहरूलाई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ चैत्र २०८१, १२ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ
डोल्पामा जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
१६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
१७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ