काठमाडौ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १७ औँ बैठकले वायु प्रदूषणका विषयमा छलफल गरेको छ ।
सोमबार बसेको परिषद्को १७ औँ बैठकले वायु प्रदूषण कम गर्न सम्पूर्णमा सचेतना फैलाउनु र नियन्त्रण गर्नका लागि जनशक्ति परिचालन गर्न समेत निर्देशन दिने निर्णय गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेशप्रसाद भट्टले जानकारी दिए ।
उनले भने, ‘वायु प्रदूषणमा विषयमा आज छलफल भयो । वायु प्रदूषणको एउटा मुख्य कारक अहिले वनडढेलो हो यो सम्बन्धी पनि जानकारी गराइयो । यो सम्बन्धी परिषद्ले गृहमन्त्रालय, वन तथा वातावरण मन्त्रालय, प्रदेश सरकार, स्थानिय सरकार सम्पूर्णमा सचेतना पनि फैलाउनु र नियन्त्रण गर्नका लागि जनशक्ति परिचालन गर्न समेत निर्देशन दिने निर्णय गरेको छ ।’
साथै बैठकले जाजरकोटको भूकम्प र डोटी बझाङको भूकम्पले पुर्याएको विस्तृत क्षति आँकलन राम्रो गतिले गैइरहेको बताए । उनले ६ हजार घरको डिडिए आएको छ र त्यो डिडिए १ महिनाभित्र सम्पन्न गर्ने गरी टोली परिचालन गरिने समेत भट्टले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ चैत्र २०८१, ०७ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
४ महिनामा विपद्का घटनामा परेर १२६ जनाको मृत्यु, २३ बेपत्ता
चार महिनामा विपद्का दुई हजार ६ सय ७५ घटना
मधेसमा विपद्: चालु आर्थिक वर्षमा ४२२ जनाको मृत्यु
विपद्को एक वर्ष : आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु
सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठक
विपद्मा परेकाको हवाई उद्धार भाडा विपद् कोषबाट भुक्तानी हुने