यङ्गुन । भूकम्प प्रभावित म्यानमारमा वर्षातका कारण पीडितहरूको उद्धार चुनौतीपूर्ण बनेको छ । देशका केही हिस्सामा सप्ताहान्तमा वर्षात भएको थियो । यसले राहतको प्रयासलाई थप कठिन बनाउने र रोगको संक्रमणको खतरा बढाउन सक्ने चिन्ता बढेको छ ।
मार्च ८ मा गएको शक्तिशाली भूकम्पमा परेर मर्नेको सङ्ख्या बढेर ३ हजार ४१ जनामा पुगेको छ । त्यस्तैगरी, अरू २१४ जना अझै बेपत्ता छन् भने ४ हजार ६७१ जना घाइते छन् ।
बेमौसमी वर्षा र चरम गर्मीका कारण हैजा जस्ता महामारी फैलाउन सक्ने सहयोग एजेन्सीहरूले चेतावनी दिएका छन् । कयौँ मानिस अझै पनि खुला आकाशमा बस्न बाध्य भएकोले अरू टेन्ट चाहिएको संयुक्त राष्ट्र सङ्घका सहायता प्रमुख टम फ्लेचरले माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोस्टमा भनेका थिए ।
छिमेकी थाइल्यान्डमा पनि भूकम्पमा परेर मर्नेको सङ्ख्या २४ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ चैत्र २०८१, १५ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म्यानमारमा भूकम्प पीडितहरूलाई सहयोग गरिरहेका यूएसएडका कर्मचारीहरू बर्खास्त
म्यानमारमा भूकम्पमा परेर मर्नेको संख्या २,८८६ पुग्यो
भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीवितै उद्धार
म्यानमारमा शक्तिशाली भूकम्प
कीर्गिस्तानलाई हराउँदै म्यानमार फोर नेसन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश