काठमाडौ । शिक्षक महासंघले यथास्थितिमा सरकारले बोलएको वार्तामा नजाने अडान लिएको छ । बिहीबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको बैठकले शुक्रबार वार्तामा आउन शिक्षक महासंघलाई भनेको थियो ।
तर, महासंघ वार्तामा गएन । शुक्रबार सरकारी टोली शिक्षकलाई कुरेर सिंहदरबारमा बसेको थियो । शिक्षक महासंघ नगएपछि दोस्रो पटक सरकारले वार्तामा बोलाएको हो । ‘हामी फेरि वार्तामा जादैनौ । वार्ताले समाधान दिँदैन ।
समाधान नदिने वार्तामा जानु भनेको समय नष्ट गर्नु हो । मन्त्री, प्रमुख सचेतकलगायतलाई वार्तामा दिने समय सिन निर्माणमा दिनुहोस् भनेका छौं’, महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने ।
अध्यक्ष सुवेदीले समाधानका लागि तीन विकल्प देखाए । ‘सरकारले अध्यादेशबाट निकास दिन सक्छ्ब । अर्को बर्खे अधिवेशन तत्काल बोलाएर प्रक्रिया अगाडि बढाउन सक्छ। विशेष अधिवेशन पनि आह्वान गरेर ऐन जारी गर्न सक्छ’, अध्यक्ष सुवेदीले भने, ‘यसपटक परिणाम नलिइ नफर्किने हो । सदन बोलाउन लगाएर भए पनि ऐन लिएर फर्किने हो ।’
ऐन बन्ने स्थिति भएमा ऐनभित्रको विषयवस्तुमा छलफल गर्न भने सकिने उनले बताए । २०८० असोज ५ मा सहमति भइसकेकाले फेरि वार्ताको औचित्य नरहेको महासंघको निष्कर्ष छ । सहमति कार्यान्वयन नभएको भन्दै विगत २ महिनादेखि महासंघले चरणबद्ध आन्दोलन गर्दै आएको छ । जसअन्तर्गत २० चैतदेखि देशभरका शिक्षक काठमाडौ आएका छन् । काठमाडौमा दैनिक विरोध प्रदर्शन गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ चैत्र २०८१, ११ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपा एसको कार्यालयमा शिक्षक महासंघको धर्ना, ध्यानाकर्षण पत्र बुझाउने
एमालेको पार्टी कार्यालयमा शिक्षक महासंघकाे धर्ना
काँग्रेस कार्यालयमा शिक्षक महासंघको धर्ना
काँग्रेस कार्यालयमा शिक्षक महासंघको धर्ना
शिक्षक महासंघले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रम
शिक्षक महासंघविरुद्ध संसदीय समितिमा उजुरी