काठमाडौँ। नेपाल शिक्षक महासंघले आज नेपाली काँग्रेसको पार्टी कार्यालयमा धर्ना दिएको छ ।
पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज सानेपास्थित काँग्रेस कार्यालयमा महासंघले धर्ना दिएको हो । धर्ना कार्यक्रम २ बजेसम्म जारी रहनेछ । उनीहरूले ध्यानाकर्षण पत्र पनि बुझाएका छन् ।
बिहीबार एमालेको केन्द्रीय कार्यालय च्यासल र शुक्रबार माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा पेरिस डाँडामा धर्ना दिने कार्यक्रम रहेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।
प्रतिनिधि सभा र राष्ट्रियसभाबाट विगतमा भएको सहमति अनुसार विधेयक सच्याउन महासंघले माग गरेको छ । के-के हो माग ? २०७५, २०७८,२०८० र २०८१-०८२ सालमा सरकारसँग भएको सहमति कार्यान्वयन गर्न महासंघले माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ भदौ २०८२, १३ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस कार्यालयमा शिक्षक महासंघको धर्ना