एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जायन्टले दोस्रो जित दर्ता गरेको दिन मुम्बइ इन्डियन्सले भने तेस्रो हार व्यहोरेको छ । शुक्रबार लखनउमा भएको खेलमा मुम्बइलाई १२ रनले हराउँदै लखनउले दोस्रो जित हात पारेको हो।
लखनउले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको मुम्बइले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ९१ रन मात्र बनाउन सक्यो।
सूर्य कुमार यादवले सर्वाधिक ६७ रनको योगदान दिएपनि टोलीको हार टार्न सकेनन्। उनले ४३ बलमा ९ चौका र १ छक्का प्रहार गरे।
नमन धिरले ४६ रन थपे। कप्तान हार्दिक पाण्ड्या २८ र तिलक वर्मा २५ रनमा पेभेलियन फर्के।
त्यसअघि मुम्बइले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको लखउनले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय ३ रनको योगफल तयार पारेको थियो।
ओपनर मिचेल मार्स ६० रन बनाउँदा कट एण्ड बोल्ड हुन पुगे। अर्का ओपनर एडेन मक्रम ५३ रन बनाउँदा हार्दिक पाण्ड्याको बलमा क्याच आउट भए।
हार्दिकले १२ रन बनाएका निकोलस पुरनलाई १२ रन बनाउँदा क्याच आउट गराए। आयुष बाडोनी २९ र डेविड मिलर २७ रन बनाउँदा पेभेलियन फर्के।
मुम्बइका हार्दिक पाण्ड्याले ५ विकेट लिएपनि टोलीको हार टार्न सकेनन्। उनले आफ्नो स्पेलमा ३६ रन खर्चे।
जितसँगै २ खेलमा जित र २ खेलमा हार भोगेको लखनउ ४ अंकमा तालिकाको छैटौँ स्थानमा छ। समान खेलबाट १ खेलमा जित र ३ खेलमा हार भोगेको मुम्बइ २ अंकमा सातौँ स्थानमा छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ चैत्र २०८१, ०६ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुजरातलाई हराउँदै बेंगलुरु लगातार दोस्रो पटक आईपीएल च्याम्पियन
आईपीएल फाइनलमा आज : आरसिबी र गुजरातको भिड्दै : कसले मार्ला बाजी ?
आईपीएल : शुभमन चम्किँदा गुजरात फाइनलमा, उपाधिका लागि बैंगलुरुसँग खेल्ने
आईपीएल : हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा
आईपीएलको लिग चरण समाप्त: क्वालिफायरमा आरसीबी र गुजरात भिड्ने
आईपीएलः रोमाञ्चक भिडन्तमा दिल्ली विजयी, राजस्थान पाँच विकेटले पराजित