काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तीनकुने घटनाको सर्वोच्च अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा मानवअधिकार आयोग, नागरिक समाज सम्मिलित स्वतन्त्र छानबिन आयोग गठन गर्न माग गरेको छ।
अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गएको राप्रपाको प्रतिनिधिमण्डलले आज कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ध्यानाकर्षणपत्र बुझाएको हो।
यस्तै, राप्रपाले छानबिनका लागि गृहमन्त्रीको राजीनामा, चेत १५ गतेको दमनमा नेतृत्व गर्ने प्रहरी प्रमुख र प्रशासनिक नेतृत्वको निलम्बन गर्न, मृतकहरूलाई शहीद घोषणा गरिनुपर्ने पनि माग गरेका छन्।
राप्रपा नेताहरू रवीन्द्र मिश्र र डा. धवल शमशेर राणा लगायत अन्य बन्दीहरूको रिहाइ, घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गरिनुपर्ने पनि राप्रपाको माग छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० चैत्र २०८१, १२ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनमा कुनै दलसँग सहकार्य नगरेका राष्ट्रिय प्रजातन्त्र पार्टीको स्पष्टीकरण
सबै भ्रष्टाचार काण्डको छानबिन माग गर्दै राप्रपाले बुझायो अख्तियारमा ज्ञापनपत्र
पीएसओ खोसिएकोबारे राप्रपाले गर्यो सभामुखको ध्यानाकर्षण
राप्रपाका तीन सांसदको पीएसओ फिर्ता
राप्रपाको प्रदर्शन सकियो, पार्टी कार्यालयमा आकस्मिक बैठक
ज्ञानेन्द्र शाहीलगायतका राप्रपा सांसदहरूलाई संसदीय दल कार्यालयबाट निस्किन रोक