एजेन्सी । जस बटलरको विष्फोटक ब्याटिङमा गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आईपीएल) मा दोस्रो जित दर्ता गरेको छ।
बुधबार राति सम्पन्न खेलमा गुजरातले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ८ विकेटले पराजित गर्दै अंक तालिकामा २ अंक जोडेको हो।
गुजरातले लगातार दोस्रो जित दर्ता गर्दा आरसीबीले भने आइपीएलमा पहिलो हार व्यहोरेको छ।
हारका बाबजुद पनि आरसीबी अंक तालिकाको तेस्रो स्थानमा छ। लिगको ३ खेलमा २ खेलमा जित र एक खेलमा हार भोगेको आरसीबी चार अंकमा तेस्रो स्थानमा छ। समान नतिजा र अंक भएपनि गुजरात नेट रनरेटमा अघि रहँदै चौथो स्थानमा रहेको हो।
आरसीबीले दिएको १ सय ७० रनको लक्ष्य गुजरातले १७.५ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो। गुजरातको जितमा जस बटलर ७३ र सेरफाने रुदरफोर्ड ३० रनमा अविजित रहे।
ओपनर साइ सुदर्शन ४९ र कप्तान शुभमन गिल १४ अंकमा क्याच आउट भए।
त्यसअघि बैग्लुरुमा गुजरातले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६९ रनको योगफल तयार पार्यो।
आरसीबीका लागि लियाम लिभिङस्टोनले बनाएको ५४ रन नै सर्वाधिक रह्यो। जितेश र्माले ३३ र टिम डेविडले ३२ रन थपे। फिल साल्टले १४ र कप्तान रजतले १२ रन बनाए।
गुजरातका लागि मोहम्मद सिराजले ४ ओभरमा १९ रन खर्चेर ३ विकेटे लिए। साइ किशोरले २ विकेट लिए।
आइपीएलमा आज कोलकता नाइड राइडर्स र सनराइजर्स हैदरावाद भिड्नेछन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २१ चैत्र २०८१, ०७ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आईपीएल : दिल्लीविरुद्ध कलकताको जित
आईपीएलः चेन्नईको मैदानमा सनराइजर्सको पहिलो जित
आईपीएल : आरसिबी विजयी, राजस्थान ११ रनले पराजित
आईपीएल : मुम्बईको लगातार चौथो जित
आईपीएल : केएल राहुल र अभिषेक पोरेलको अर्धशतकमा दिल्लीको छैटौं जित
आईपीएल क्रिकेटमा आज पनि दुई खेल हुँदै