बागमती । बागमती प्रदेशसभाको बैठक आज अपराह्न १ः०० बजेका निम्ति आह्वान भएको छ । बजेट बाँडफाँटमा दलीय सहमति नहुँदा मङ्गलबार लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगन भएको थियो ।
सभामुख भुवनकुमार पाठकले प्रदेशसभा बैठक सञ्चालन गर्न आज पनि दलहरूबीच छलफल हुने र सहमतिका निम्ति अधिकतम प्रयास गरिने बताए ।सरकार पक्ष र प्रतिपक्ष दलबिच छलफल भए पनि कुनै निष्कर्ष आउन नसकेकाले आज पुनः संयुक्त छलफल राखिएको सभामुख पाठकले बताए ।
चालु आर्थिक वर्षको बजेट बाँडफाँटमा सरकारले सन्तुलन कायम गर्न नसकेको र विगतका सहमति कार्यान्वयन नभएका भन्दै प्रतिपक्ष दलले बैठक अवरुद्ध गर्ने जनाउ दिएपछि सभामुख पाठकले सहमतिका लागि दलहरूसँग संयुक्त छलफल गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ चैत्र २०८१, ११ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता बस्ने तयारी
बागमती प्रदेशसभा बैठक सुरु
बागमती प्रदेशसभा बैठक साउन २७ गतेका लागि आह्वान
बागमती प्रदेशसभा बैठक सुरु
बागमती प्रदेशसभा बैठक १९ गते बस्ने