अर्घाखाँची । अर्घाखाँचीमा नदीको पोखरीमा डुबेर दुई युवकको मृत्यु भएको छ।
भूमिकास्थान नगरपालिकास्थित झिमरुक नदी र छिर्लिङ्ग खोलाको दोभानको पोखरीमा पौडी खेल्दा डुबेर दुई युवकको मृत्यु भएको हो।
मृत्यु हुनेमा भुमिकास्थान–१० धनचौर पुयापाटाका १९ वर्षीय दिलिप नेपाली र सोही स्थानका १७ वर्षीय अशोक नेपाली छन्।
पौडी खेल्ने क्रममा डुबेर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका निमित्त प्रमुख प्रहरी निरिक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए।
उनले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेकोसमेत जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ चैत्र २०८१, ०७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खेत रोप्न गएकी महिलाको नदीमा डुबेर मृत्यु
लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु
छोराको कुटपिटबाट आमाको मृत्यु
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु