काठाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सबै दलहरुले आफूलाई सुधार गर्दै परिवर्तनका बाँकी काम पूरा गर्ने जिम्मेवारी लिनुपर्ने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले निरन्तर सुधारको बाटोबाट मात्रै परिवर्तनको बाँकी काम पूरा हुने दाबी गरे ।राजनीतिक दलहरूले पनि आफ्ना व्यवाहार सुधार गर्दै अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
‘परिवर्तनको वाहक नेकपा माओवादी पार्टी र सबै दलहरूले आफूलाई सुधार्दै, सच्याउँदै परिवर्तनको बाँकी काम पूरा गर्ने जिम्मेवारी लिनुपर्छ । निरन्तर सुधारको बाटोबाट मात्रै यो सम्भव छ,’ शर्माले भने, ‘जनताले आज हामीबाट सुधार मागिरहेका छन् ।
सुधार खोजिरहेका छन् । हरेक क्षेत्रमा सुधार गर्ने प्रतिवद्धता र आफ्ना कमजोरीको आत्मलोचना गर्दै जनताको भावनालाई सम्बोधन गर्नुपर्ने आवश्यकता छ ।
आफ्ना कमजोरीको आत्मलोचनासहित जनताको भावनालाई सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले आन्दोलनकारीहरूको माग, भावनालाई सम्बोधन गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ चैत्र २०८१, १६ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनार्दन शर्मालाई प्रश्न- आगामी महाधिवेशनबाट पार्टीको नेतृत्व लिने तयारी कसरी गर्दै हुनुहुन्छ ?
म आत्मालोचना गर्दै हिँड्ने मान्छे हुँ, पार्टीले पनि कमजोरी सच्याउनुपर्छ : जनार्दन शर्मा
जनार्दन शर्मा भन्छन्- पार्टी फुटाउँदै छ भन्नेहरू अराजक हुन्
पदाधिकारीसम्मको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग बनाउन जनार्दन शर्माको प्रस्ताव
विद्यार्थी संगठनले गरेको पुस्तान्तरण ऐतिहासिक र क्रान्तिकारी कदम: जनार्दन शर्मा