काठमाडौँ । प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित भएको छ । बिहान ११ बजेका लागि तय भएको बैठक बस्न नसकेपछि सूचना निकालेर दिउँसो सवा १ बजेका लागि राखिएको छ ।
सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग दुई घण्टा लामो छलफल गरेका थिए । तर, निकास निस्कन सकेन । त्यसपछि सूचना टाँसेर बैठकको समय सारिएको हो ।
तोकिएको समय भन्दा दुई घण्टा ढिलो भए प्रतिनिधि सभाको बैठक स्वतः स्थगित हुने व्यवस्था छ । यो व्यवस्था छल्न संसद सचिवालयले दुई घण्टा पुग्नु अगावै सूचना निकालेर संसद बैठक बस्ने समय परिवर्तन गरेको हो ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गर्दै आएका छन् ।
प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नदिने विपक्षीको अडान छ । प्रधानमन्त्री ओली पनि जवाफका लागि तयार भएका छैनन । दुवै पक्षको अडानले प्रतिनिधि सभाको बैठक प्रभावित हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ चैत्र २०८१, १३ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा बैठक बस्दै: चार मन्त्रीले विभिन्न विधेयक र प्रस्ताव पेस गर्ने
प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
यस्तो छ प्रतिनिधि सभाको शुक्रबारको बैठकका लागि सम्भावित कार्यसूची
प्रतिनिधि सभाबाट चार अध्यादेश स्वीकृत
मन्त्रीहरूको उपस्थितिपछि प्रतिनिधि सभाको अवरुद्ध बैठक पुनः सञ्चालन
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल