काठमाडौँ । प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित भएको छ । बिहान ११ बजेका लागि तय भएको बैठक बस्न नसकेपछि सूचना निकालेर दिउँसो सवा १ बजेका लागि राखिएको छ ।
सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग दुई घण्टा लामो छलफल गरेका थिए । तर, निकास निस्कन सकेन । त्यसपछि सूचना टाँसेर बैठकको समय सारिएको हो ।
तोकिएको समय भन्दा दुई घण्टा ढिलो भए प्रतिनिधि सभाको बैठक स्वतः स्थगित हुने व्यवस्था छ । यो व्यवस्था छल्न संसद सचिवालयले दुई घण्टा पुग्नु अगावै सूचना निकालेर संसद बैठक बस्ने समय परिवर्तन गरेको हो ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गर्दै आएका छन् ।
प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नदिने विपक्षीको अडान छ । प्रधानमन्त्री ओली पनि जवाफका लागि तयार भएका छैनन । दुवै पक्षको अडानले प्रतिनिधि सभाको बैठक प्रभावित हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ चैत्र २०८१, १३ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै काँग्रेसले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सकियो
प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च पुग्यो एमाले
प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता आह्वान
प्रतिनिधि सभा विघटनविरुद्धका रिटमा आजदेखि सुनुवाइ
प्रतिनिधि सभा पुनर्स्थापनाका लागि एमाले अदालत जाने
संसद् सचिवालयद्वारा प्रतिनिधि सभाको छैटौँ अधिवेशनका कामकारवाहीको विवरण सार्वजनिक