बुटवल । दाङको तुलसीपुरबाट तीर्थ यात्राका लागि भारतको अयोध्या प्रस्थान गरेको स्कार्पियो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बिहिबार बिहान तुलसीपुरबाट छुटेको भारतीय नम्बर प्लेटको यूपी ३१ एसी ७२०० नम्बरको स्कार्पियो गाडी भारतको बहराइचमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।
तुलसीपुर– ७ का वडा अध्यक्ष रामबहादुर जिसीका अनुसार दुर्घटनामा परी गाडी चालक तुलसीपुर–७ पर्सेनी निवासी अन्दाजी ३७ वर्षीय युवराज चापागाईंसहित तीन जनाको मृत्यु भएको हो । एक जनाको घटनास्थलमा र दुई जनाको भारत बलरामपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्थानीय पत्रकार रुपचन्द्र गुप्ताले जानकारी दिए ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयले भारतीय दूतावाससँग सम्पर्क गरेर घटनाबारे बुझिरहेको एसएसपी जनार्दन जिसीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ चैत्र २०८१, १२ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फोर्स गाडी दुर्घटना हुँदा चार जना घाइते
विद्युतीय गाडी दुर्घटना हुँदा दश जना घाइते, चार जनाको अवस्था गम्भीर
भीमफेदीमा ब्रेक फेल भई गाडी दुर्घटना हुँदा १४ जना घाइते
कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना