काठमाडौं । गणतन्त्रवादी र राजतन्त्र पक्षधरबीच हुने प्रदर्शनमा घुसपैठ हुने सम्भावना बढेको भन्दै सरकारले सुरक्षा निकायलाई हाइ अलर्टमा राखेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूले गणतन्त्रको पक्ष र पूर्वपञ्चहरूको पार्टी तथा विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहितको टोलीले राजतन्त्र पुनःस्थापनाका लागि भोलि शुक्रवार राजधानीमा गर्ने प्रदर्शनलाई मध्यनजर राख्दै सरकारले उच्च सुरक्षा सतर्कता अपनाउन सुरक्षा निकायलाई निर्देशन दिएको छ ।
सरकारले गणतन्त्र पक्षधर माओवादीसहितको विपक्षी मोर्चा र पूर्वपञ्चहरूको पार्टीबाट सुरक्षा थ्रेड नभए पनि विवादास्पद मेडिकल व्यवसायी प्रसाईंले अहिलेको अवस्थालाई उत्तेजित बनाउन आफ्ना कार्यकर्ता तथा समर्थकलाई शुक्रवारको प्रदर्शनमा हतियारसहित उपस्थित हुन निर्देशन दिएकाले सुरक्षा अवस्था तयारी अवस्थामा राख्न निर्देशन दिएको बताइएको छ । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ चैत्र २०८१, ०८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीले गरे माइतीघरमा प्रदर्शन
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध तरुण दलको प्रदर्शन
सिंहदरबार गेटमा प्रधानमन्त्रीविरुद्ध प्रदर्शन
बालेनको सीमा सम्बन्धी अभिव्यक्तिविरुद्ध विद्यार्थी संगठनको प्रदर्शन
जातीय विभेदविरुद्ध माइतीघरमा प्रदर्शन, न्याय र संरचनागत सुधारको माग
नेपाल बारले आज सर्वोच्च प्रशासनको कार्यशैलीविरुद्ध लालटिन बालेर प्रदर्शन