अछाम । अछाममा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अर्का किशोर घाइते भएका छन्।
मंगलसेन नगरपालिका -५ स्थित मध्यपहाडी लोकमार्गमा मंगलबार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मंगलसेन –१ कुन्ती निवासी २० वर्षीय जीवन थापाको मृत्यु भएको हो।
मोटरसाइकलको पछाडि बसेका सोही ठाउँका १७ वर्षीय चेतन थापा घाइते भएका प्रहरीले जनाएको छ।
ठूलासेनबाट मंगलसेन तर्फ जाँदै गरेको से ७ प १४६९ नम्बरको मोटरसाइकल जीवन थापाले चलाएका थिए।
दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारको लागि जिल्ला अस्पताल मंगलसेन पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक जय पार्कीले जानकारी दिए।
घाइते चेतन थापालाई थप उपचारका लागि न्याय हेल्थ अस्पताल बयालपाटा रेफर गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ चैत्र २०८१, ०८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
ट्रक र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको निधन