काठमाडौँ । सङ्घीय संसद् अन्तर्गतका दुवै सदनको बैठक आज बस्ने भएका छन् । बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्नेछ भने दिउसो १:१५ मा राष्ट्रियसभा बैठक बस्नेछ ।
प्रतिनिधि सभा बैठकमा 'बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०'का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिनेछ । त्यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको 'नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
उनले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव समेत प्रस्तुत गर्ने संसद् सचिवालयले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ चैत्र २०८१, ०७ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टर्की संसद्मा मन्त्री शपथ ग्रहणको क्रममा सांसदहरूबीच झडप, केही घाइते
यस्तो छ संसद्मा पहिलो पटक प्रधानमन्त्री कार्कीले गरेको सम्बोधनको पूर्णपाठ
संसद् विघटन नगर्न बिन्ती गर्दै सीके राउतले अघि सारे सातबुँदे प्रस्ताव
संसद्को लाइभ बन्द हुने
प्रधानमन्त्रीको सम्बोधनमा रास्वपाले संसद् अवरोध नगर्ने
आज सङ्घीय संसद्का दुवै सदनकाे बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची