मस्को । युक्रेनले हानेको एउटा रकेट लागेर रुसी पत्रकारसहित ६ जनाको मृत्यु भएको छ । आक्रमण पूर्वी युक्रेनमा रुसको नियन्त्रणमा रहेको लुहान्स्क क्षेत्रमा भएको रुसी समाचार संस्था र अधिकारीहरूले बताएका छन् ।
सोमबार भएको आक्रमणमा परेर रुसको इज्भेष्टिया पत्रिकाका एक पत्रकार अलेक्जान्डर फेडोर्चकको मृत्यु भएको समाचारमा उल्लेख छ। यसबाहेक पनि पत्रिकाका क्यामराम्यान र चालक पनि मारिएको लुहान्स्क क्षेत्रका लागि मस्कोले नियुक्त गरेको गभर्नर लियोनिड पासेच्निकले बताए ।
आक्रमणमा १४ वर्षीय एक बालकको पनि मृत्यु भएको बताइएको छ । सामाजिक सञ्जालमा रुसको अंग्रेजी भाषाको सरकारी टिभी च्यानल आरटीले अलेक्जान्डर फेडोर्चक तस्बिर शेयर गर्दै उनको मृत्युको परिस्थिति अझै स्पष्ट नभएको बताएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ चैत्र २०८१, १६ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुस-युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा हुने
युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति
रुस र युक्रेनबीच आबुधाबीमा महत्त्वपूर्ण शान्ति वार्ता
युक्रेन युद्ध अन्त्यका लागि यूएईमा त्रिपक्षीय वार्ता हुने
युक्रेनले पुटिनको निवासमा ९१ ड्रोन प्रहार गरेको रुसको आरोप
युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन