मस्को । युक्रेनले हानेको एउटा रकेट लागेर रुसी पत्रकारसहित ६ जनाको मृत्यु भएको छ । आक्रमण पूर्वी युक्रेनमा रुसको नियन्त्रणमा रहेको लुहान्स्क क्षेत्रमा भएको रुसी समाचार संस्था र अधिकारीहरूले बताएका छन् ।
सोमबार भएको आक्रमणमा परेर रुसको इज्भेष्टिया पत्रिकाका एक पत्रकार अलेक्जान्डर फेडोर्चकको मृत्यु भएको समाचारमा उल्लेख छ। यसबाहेक पनि पत्रिकाका क्यामराम्यान र चालक पनि मारिएको लुहान्स्क क्षेत्रका लागि मस्कोले नियुक्त गरेको गभर्नर लियोनिड पासेच्निकले बताए ।
आक्रमणमा १४ वर्षीय एक बालकको पनि मृत्यु भएको बताइएको छ । सामाजिक सञ्जालमा रुसको अंग्रेजी भाषाको सरकारी टिभी च्यानल आरटीले अलेक्जान्डर फेडोर्चक तस्बिर शेयर गर्दै उनको मृत्युको परिस्थिति अझै स्पष्ट नभएको बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ चैत्र २०८१, १६ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनमा रुसको भीषण हमला
युक्रेनद्वारा कालोसागरमा रुसका दुई ट्यांकरमाथि ड्रोन प्रहार
रुसद्वारा युक्रेनमा सयौँ मिसाइल र ड्रोन प्रहार, ५ जनाको मृत्यु
जर्मनीले युक्रेनलाई तीन अर्ब युरो सैन्य सहयोग गर्ने
युक्रेनको आक्रमणले रुसका प्रमुख विमानस्थलहरू अस्थायी रूपमा बन्द, सयौं उडान रद्द
युक्रेनमा विद्युतीय सवारी साधनको बिक्री ३० प्रतिशतले वृद्धि