काठमाडौँ । नेकपा एमालेले पार्टीको विरुद्धमा आधारहिन र भ्रामक समाचार सम्प्रेशन गरेर सम्बन्ध बिगार्न खोजेको बताएको छ ।
एमालेका विदेश विभाग प्रमुख रघुवीर महासेठले आज एक विज्ञप्ति जारी चैत ४ गते बसेको पार्टीको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा अोलीले आफूलाई भारतले हटाउन षड्यन्त्र गरेको भनेर बाहिर आएको कुरा गलत रहेको भनेका छन् ।
राजावादीहरुले गरेको आन्दोलनमा भारतको सहयोग रहेको एमालेको ठहर भन्दै विभिन्न मिडियामा समाचार आएपछि एमालेको विदेश विभागले आज विज्ञप्ति जारी गरेर त्यसलाई स्पष्ट पारेको हो ।
यी दाबीहरु गलत रहेको भन्दै महासेठले जनतालाई भ्रमित गर्न र नेपालको नेतृत्वको छवि बिगार्न द्वेषपूर्ण रूपमा डिजाइन गरिएको दावी गरेका छन् । यस्तो गलत सूचनाको प्रसारण गरेर नेपालको आन्तरिक सद्भाव बिगार्ने, नेपालको कूटनीतिक सम्बन्ध खासगरि भारतसँग तनाव सृजना गर्ने षड्यन्त्र रहेको उनले उल्लेख गरेका छन् ।
एमाले आफ्नो सिद्धान्तनिष्ठ विदेश नीतिमा अडिग रहेको उल्लेख गर्दै उनले पार्टीको विदेश नीति सम्मान, रचनात्मक संवाद र क्षेत्रीय सहयोगमा आधारित रहेको बताएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ चैत्र २०८१, १६ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हाम्रो कार्यक्रम कसैको विरोधमा होइन : एमाले
राइड सेयरिङको भाडादरको विषय संसद्मा उठ्यो
एमालेले भन्यो- डा.बद्री केसी नेतृत्वको एनआरएनए नै वैध हो, परराष्ट्र मन्त्रीको निर्णय अवैध
शिक्षक आन्दोलनलाई सरकार ढाल्ने अस्त्र बनाउने प्रयास भयो : एमाले
नेपाल-भारत सम्बन्धलाई प्रगाढ बनाउन पार्टी र सरकार प्रतिबद्ध : नेकपा एमाले
सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक बस्दै