एजेन्सी । इजरायली सेनाले गाजा पट्टीमा व्यापक आक्रमण गरिरहेको छ। गाजाको हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीका प्रवक्ताका अनुसार पछिल्लो आक्रमणमा कम्तीमा ३४ प्यालेस्टिनी मारिएको बीबीसीले उल्लेख गरेको छ । सो आक्रमणमा कम्तीमा ७० जनाभन्दा बढी घाइते भएका छन्।
इजरायल रक्षा बलले हमाससँग सम्बन्धित आतंकवादीलाई लक्षित गरेर आक्रमण गरिरहेको छ । जनवरी १९ मा युद्धविराम सुरु भएदेखि गाजामा हवाई आक्रमणको यो सबैभन्दा ठुलो लहर हो।
चिकित्सक र प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै रोयटर्सको रिपोर्ट अनुसार मध्य गाजाको देइर अल–बलाहमा तीन घर, गाजा शहरको एउटा भवन र खान युनिस र रफाहलाई लक्षित गरेर आक्रमण भएका छन् ।
प्रधानमन्त्री कार्यालयको एक विज्ञप्ति अनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले मंगलबार बिहान आक्रमणको आदेश दिएका थिए।
हामसले बन्धकहरूलाई रिहा गर्न बारम्बार अस्वीकार गरेको, साथै अमेरिकी राष्ट्रपतिका दूत स्टीव विटकफ र मध्यस्थकर्ताहरूबाट प्राप्त सबै प्रस्तावहरूलाई अस्वीकार गरेकोले आक्रमणलाई निरन्तरता दिइएको इजरायलको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०४ चैत्र २०८१, ०९ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा
दुई सय केजी गाँजा बरामद
गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु
पाँच सय किलो गाँजासहित दश जना पक्राउ
गाजामा इजरायलको आक्रमण, ११ प्यालेस्टाइनीको मृत्यु
चिसोका कारण गाजा क्षेत्रमा मानवीय संकट बढ्दो