काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले जनतासँग माओवादी : तराई मधेस जागरण अभियान फेरि सुचारु गर्न लागेको छ । मधेस प्रदेशका दुई जिल्ला बारा र पर्सा सहित हुलाकी राजमार्ग हुँदै कञ्चनपुरसम्म पुग्ने माओवादी अभियान राजावादीहरुको अस्वभाविक रुपमा बढेको चलखेलका कारण केही दिन पहिले स्थगित भएको थियो ।
झापाबाट फागुन १२ मा शुरु भएको माओवादी अभियान रौतहटमा आईपुग्दा काठमाडौंमा राजावादीहरुको प्रर्दशन लगायतका चलखेल बढेपछि र स्ववियु चुनावका कारण केही दिन स्थगित भएको थियो । माओवादीका अध्यक्ष प्रचण्ड सहितका पदाधिकारीको सिंगो टिम नै अभियानमा थियो । शीर्ष नेताहरु राजावादीहरुको चलखेललाई निस्तेज पार्न र संसदमा अध्यक्ष प्रचण्डको सम्वोधन समेतलाई मध्यनजर गरेर अभियानलाई केही दिन रोकेर काठमाडौं केन्द्रीत भएका थिए ।
तर उक्त अभियानलाई माओवादीले स्ववियुको आज हुने चुनाव पछि फेरि सुचारु गर्न लागेको हो । माओवादीले मधेसका बाँकी रहेका दुई जिल्ला बारा र पर्सामा चैत ७ र ८ गते अभियान चलाउने र फेरि अभियान रोकेर समाजवादी मोर्चाको काठमाडौंमा चैत १५ मा हुने शक्ति प्रर्दशनमा केन्द्रीत हुने योजना बनाएको छ । चैत १५ को काठमाडौको प्रर्दशनपछि हुलाकीमार्ग जोडिएका बाँकी जिल्लाको अभियान चलाउने योजनामा माओवादी छ ।
‘चैत ७ र ८ गते मधेस प्रदेशका बारा र पर्साको अभियान चलाउने र फेरि चैत १५ को काठमाडौंको सभामा केन्द्रीत हुने र लगत्तै बाकी जिल्लाको अभियान अगाडी बढाउने योजना अनुसार हामी अगाडी जान खोजिरहेका छौं,’ माओवादी केन्द्रका एक पदाधिकारीले सफलखबरसँग भने ।
तराई मधेसमा माओवादीले अभियान चलाएपछि त्यस क्षेत्रमा माओवादीको पक्षमा जनलहर देखा परिरहेको छ । अभियान चलिरहेकै बेला प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीले समेत अभियान राकेर राजावादीहरुको चलखेलको सामना गर्न गणतन्त्रबादीहरु एक हुनुपर्ने भन्दै टेलिफोन समेत गरेपछि प्रचण्डले अभियान रोकेर काठमाडौं आएका थिए ।
अव बारा र पर्सामा एक एक दिन माओवादी अध्यक्ष सहितका शीर्ष नेताको उपस्थितीमा अभियान चल्नेछ । एकै दिन कम्तीमा तीन वटा सभा, घरदैलो, शहीद वेपत्ता परिवारसँगको भेटघाट, स्थानीय जनताको समस्याको सम्वोधन प्रयास लगायतका काम माओवादीले अभियानका क्रममा गदैं आएको छ ।
सरकारका वेथिती र भष्टाचारका विरुद्ध माओवादी अभियानका क्रममा जनतासँग जोडिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ चैत्र २०८१, ०९ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपा र भीम रावल नेतृत्वको अभियानबिच ७ बुँदे सहमति (पत्रसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
माओवादीको महाधिवेशन आयोजक समिति बैठक बस्दै, एकताको सहमति अनुमोदन गर्ने
माओवादी मधेश प्रदेश संसदीय दलको नेतामा पुनः भरत साह नियुक्त