काठमाडौं । केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धाराबाट २०८१ को माध्यामिक शिक्षा परीक्षा (एसईई)मा १९ जना विद्यार्थी सहभागी हुँदैछन् । कारागारभित्र रहेको जगन्नाथ माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू हुन् ।
कारागार प्रशासक कृष्णबहादुर कटुवालका अनुसार १ जना महिला र १८ जना पुरुष परीक्षार्थी छन् । यो वर्षको एसईईको परीक्षा ७ चैतबाट सुरु हुँदैछ । ‘एसईई परीक्षाको तयारी भइरहेको छ । परीक्षा केन्द्र यहीँ हुन्छ । परीक्षाको लागि केन्द्राध्यक्ष भने परीक्षा बोर्डले खटाएको हुन्छ,’ कटुवालले भने ।
गत वर्षको एसईईमा २५ जना विद्यार्थी सहभागी भएका थिए । सबै विद्यार्थी उत्तीर्ण भएका थिए । उक्त विद्यालयमा पढ्ने र पढाउने दुवै कैदी नै हुन्छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ फागुन २०८१, १५ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसईई पुरक परीक्षाको आवेशन खुला (हेर्नुहोस् सूचना)
एसईईमा डेढ लाख विद्यार्थी ‘नन् ग्रेडेड’
एसईईको नतिजा कसरी हेर्ने ?
एसईई नतिजा सार्वजनिक गर्ने तयारीमा परीक्षा बोर्ड
चैत १९ देखि सुरु हुँदै एसईई
एसईईको फाराम खुला, मंसिर १६ सम्म म्याद