काठमाडौं । केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धाराबाट २०८१ को माध्यामिक शिक्षा परीक्षा (एसईई)मा १९ जना विद्यार्थी सहभागी हुँदैछन् । कारागारभित्र रहेको जगन्नाथ माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू हुन् ।
कारागार प्रशासक कृष्णबहादुर कटुवालका अनुसार १ जना महिला र १८ जना पुरुष परीक्षार्थी छन् । यो वर्षको एसईईको परीक्षा ७ चैतबाट सुरु हुँदैछ । ‘एसईई परीक्षाको तयारी भइरहेको छ । परीक्षा केन्द्र यहीँ हुन्छ । परीक्षाको लागि केन्द्राध्यक्ष भने परीक्षा बोर्डले खटाएको हुन्छ,’ कटुवालले भने ।
गत वर्षको एसईईमा २५ जना विद्यार्थी सहभागी भएका थिए । सबै विद्यार्थी उत्तीर्ण भएका थिए । उक्त विद्यालयमा पढ्ने र पढाउने दुवै कैदी नै हुन्छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ फागुन २०८१, १५ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसईईको फाराम खुला, मंसिर १६ सम्म म्याद
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण
एसईई ग्रेड वृद्धि परीक्षा तालिका सार्वजनिक
एसईईको मौका परीक्षा २९ साउनदेखि
एसईई नतिजा सकेसम्म आजै प्रकाशित हुन्छ : बोर्ड अध्यक्ष शर्मा
एसईई नतिजा प्रकाशनको तयारीमा बोर्ड, बोलाइयो बैठक