रसुवा । नेकपा एमाले रसुवामा पहिरो जान थालेको छ । सरकारको नेतृत्व गरिरहेको एमालेभित्र मौलाउँदै गएको वेथिती, अनुशासनहिनता, अराजकता र आन्तरिक जनवादको अभावमा नेता कार्यकर्ताहरुले नै धमाधम पार्टी छोड्न थालेका हुन् ।
पार्टीभित्रै भविश्य सुरक्षित नदेख्ने र असुरक्षा महसुस गर्न थालेपछि जिल्लाको नेतृत्व गरिरहेका नेताहरुले नै एक पछि अर्काे गदैं पार्टी छोडेको घोषणा गर्न थालेका हुन् ।जसकाकारण एमाले रसुवामा भाडभैलो उत्पन्न हुन थालेको छ ।
पार्टी छोडनेमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष समेत रहेका केपी ओलीका विश्वासपात्र जनार्दन ढकाल देखि कालिका गाउँपालिकाका निर्वतमान अध्यक्ष सीता अधिकारीसम्म छन् । ढकाल एमालेको केही समय अगाडी मात्र सम्पन्न भएको रसुवा जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए ।
पार्टीका जिल्ला अध्यक्ष, पालिका अध्यक्षहरुसम्मले एमाले छोड्ने लहर चल्न थालेको छ । उनीहरुले पार्टीभित्रै आफुहरु असुरक्षित भएको र पार्टीमा गुण्डागर्दी बढेकोले राजीनामा दिनुपरेको बताएका छन् । अध्यक्ष ढकालले पार्टी छोडेको घोषणा एक टेलिभिजनमार्फत गरेका थिए ।
पार्टी सञ्चालनमा सचिव पेम्बा लामाले अवरोध गरेको, पार्टीका प्रदेश इन्चार्ज राजन भट्टराई, जिल्ला इन्चार्ज प्रेम तामाङसहित नेताका सामुन्ने नै आफूमाथि हातपातको प्रयास भएको तर पनि पार्टीको उपल्लो कमिटिले विवाद मिलाउने, नेता कार्यकर्ताको सुरक्षा गर्ने तिर भन्दा वेवास्था गर्ने गरेपछि राजीनामा दिने निश्कर्षमा पुगेर राजीनामा दिएको ढकालको भनाई थियो ।
सचिव पेम्बा लामाले पार्टी कमिटीको बैठकमा चारचार पटक आफुमाथी हातपात गरेको, आफूमाथि आक्रमण भइरहँदाका साक्षी प्रदेश र जिल्ला इन्चार्जलाई काम गर्ने वातावरण बनाइदिन आग्रह गर्दा पनि ‘तपाईंहरू नै मिल्नुस्’ भन्दै पन्छाइएको ढकालको भनाई थियो ।
‘मेरो माथिल्लो कमिटी बागमती प्रदेश कमिटी हो। मैले राजीनामा दिइरहँदा मेरो राजीनामा स्वीकृत नहुने, तिमीहरू मिलभन्दा अरू कुरै केही नहुने। हामी बिरामी भएर चिकित्सिककहाँ जान्छौं, चिकित्सले यसो धाप मार्दिएपछि बिरामी निको हुँदैन नि, उहाँहरूले त्यो व्यवहार गर्नुभयो, दुई दिन अगाडि छलफल भएको थियो। दुई महिना अभियान गर्नुस्, त्यसपछि तपाईंहरूलाई राखेर हामी केही छलफल गर्छौं भन्ने अपेक्षा थियो, त्यो हुन सकेन। मलाई उहाँहरूले दिनुभएको स्पष्टीकरण चित्तबुझ्दो लागेन। मलाई फेरि पनि त्यही थलोमा, उहाँहरूसँगै बसेर काम गर्न सक्ने जोश, जाँगर, इच्छा छैन। त्यसकारण आज यो मिडियामार्फत् पार्टीको जिल्ला अध्यक्ष, संगठित सदस्यसहित सबै भूमिकाविहीन भएर स्वतन्त्र नागरिक रहेको घोषणा गर्न चाहन्छु।’ ढकालले पार्टी छोडेको घोषणा गदैं भनेका थिए ।
यो घटना फागुन २४ को हो । ठिक त्यसको तीन दिनपछि आज बिहानै एमालेको जिल्ला कमिटि सदस्य समेत रहेका कालिका गाँउपालिका निर्वतमान अध्यक्ष सीता अधिकारीले पनि पार्टी छोडेको घोषणा गरिन् । उनले सामाजिक सन्जाल फेसवुकमार्फत पार्टी त्यागेको घोषणा गरेकी हुन् ।
उनले आफनो ब्यक्तिगत स्वतन्त्रता भएको र यसमा कसैले अन्यथा टिकाटिप्पणी नगरिदिन आग्रह गदै एमालेको सधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेको उल्लेख गरेकी छिन् ।
एमालेमा ढकाल र अधिकारीको यस्तो निर्णय आएपछि नेता कार्यकर्तामा थप पहिरो चल्ने देखिएको छ । रसुवा एमालेमा प्रेम तामाङ पार्टी इन्चार्ज छन् । विभिन्न पार्टी चाहाँदैं हिडेका ब्यक्तिलाई प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालको छत्रछायामा पार्टीको जिल्ला इन्चार्जको भूमिकामा ल्याईएको भन्दै एमालेभित्र विगत केही समयदेखि नै चर्काे असन्तुष्टि र विरोध आईरहेको थियो । त्यसैको परिणाम अहिले एमालेका जिल्ला अध्यक्ष सहितका नेताहरुले नै पार्टी छोड्ने लहर शुरु भएको एमालेका जिल्ला नेताहरुले नै बताउन थालेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ फागुन २०८१, ०९ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह