काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजतन्त्र फर्कने कुनै माहोल नदेखेको बताएका छन्। धनगढी विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राजतन्त्रको पक्षमा माहोल नदेखिएको बताए।
हिजो काठमाडौंमा राजावादीले गरेको प्रदर्शनबारे उनले भने, ‘कुनै माहोल देखेको छैन। हिजो काठमाडौंमा केही भएको छैन।’ प्रधानमन्त्रीलाई भारतले निम्तो दिएको छैन, पूर्वराजालाई पनि भारतले नै उचाल्यो भन्ने चर्चा हुन थालेको छ नि भन्ने जिज्ञासामा उनले थपे, ‘कसैले उचालेर उचालिने कुरै छैन।’
उनले दुई पार्टीबीच मिलेर बनेको सरकार ०८४ सम्म जाने र कुनै समस्या नभएको बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ फागुन २०८१, १२ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनको पुर्वसन्ध्यामा देउवा उपचारका लागि सिंगापुर उडे
देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?
देउवाले भने–'म उदार छु, पार्टी नफुटाउनुस्'
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
देउवाले बोलाए कांग्रेसका महामन्त्री बाहेक शीर्ष नेताको छलफल
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा