काठमाडौँ । काठमाडौँमा गणतन्त्रवादीहरूको प्रदर्शन गर्ने तयारी भएको छ । यसका लागि आन्तरिक छलफल चलिरहेको माओवादी नेता हिमाल शर्माले बताए ।
प्रदर्शनको समय भने तय भएको छैन । चैत पहिलो साताभित्र काठमाडौँमा प्रदर्शन गर्ने तयारी रहेको नेताहरू बताउँछन् ।राजावादीहरूको गतिविधि बढेको भन्दै माओवादीका शीर्ष नेताहरू ‘तराई-मधेश जागरण अभियान’ स्थगित गरेर काठमाडौं केन्द्रित भएका छन् ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायका अनुसार काठमाडौँ केन्द्रित भएका शीर्ष नेताहरू अनौपचारिक संवादमा छन् ।राष्ट्रिय राजनीतिको समीक्षा, पार्टीको जारी अभियान रोक्नुपर्ने परिस्थितिको समीक्षा र आगामी दिनमा लिने नीति तय गर्नमा नेताहरू जुटेका हुन् । अनौपचारिक छलफलपछि औपचारिक छलफल राखेर निचोडमा पुगिने नेताहरूले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ फागुन २०८१, १४ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजसंस्था समर्थकलाई बिजुलीबजारमा प्रदर्शन गर्न रोक
माइतीघरमा सरकारविरुद्ध जेनजीको प्रदर्शन
कर्फ्यूबीच सिमरा बजारमा प्रदर्शन र झडप
जनकपुरमा सात दलीय मोर्चाको प्रदर्शन
मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन
सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै ‘विप्लव’ समूहले गर्यो प्रदर्शन