काठमाडौँ । राष्ट्रिय सभा सदस्य गोमादेवी तिमिल्सिनाले समाजवाद उन्मुख देशहरूमा औद्योगिक विकास हुँदै गइरहेको भए पनि नेपालमा दातृ देशहरूले बनाइदिएका उद्योगहरू धमाधम बन्द हुन थालेको बताएकी छन् ।
आइतबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले सरकारले लामो समयदेखि उदयपुर सिमेन्ट उद्योग बेवारिसे अवस्थामा छोडेको आरोप लगाइन् । उनले उद्योग सञ्चालन नहुँदा त्यहाँ कार्यरत कर्मचारीहरूले पारिश्रमिक पाउन नसकेको बताइन्।
सदस्य भने, ‘‘समाजवाद उन्मुख देशहरूमा औद्योगिक विकास हुँदै जान्छ । तर हाम्रो देशमा दातृ मुलुकहरूले बनाइदिएका उद्योगहरू धमाधम बन्द हुँदै गइरहेका छन् । लामो समयदेखि उदयपुर सिमेन्ट उद्योग बेवारिसे भएको छ । कामदार र कर्मचारी महिनौँदेखि भोकभोकै मरिरहेका छन् । अध्यक्षमार्फत तुरुन्त उद्योग सञ्चालन गरी कर्मचारीमाथि खेलवाड गर्न रोकियोस् भनेर आदेश दिनका लागि आग्रह गर्न चाहन्छु ।’’
उनले तुरुन्त उद्योग सञ्चालन गरी कर्मचारीमाथिको खेलवाड बन्द गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ फागुन २०८१, १४ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक पौडेलले पाए सफाइ