काठमाडौ । एमाले रसुवाका अध्यक्ष जनार्दन ढकालले पार्टी परित्यागको घोषणा गरेका छन् । शनिबार उनले अध्यक्षसहित सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् ।
पार्टी परित्यागको घोषणापछि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नमस्कार सम्पुर्णमा कृपया कोहि कसैले ठिक गरिस वा बेठीक गरिस् भनेर फोन गर्ने कष्ट नगर्नु होला । यो मेरो निर्णय र स्वतन्त्रता हो ।’ यसअघि उनले एक टेलिभिजन अन्तरवार्ताबाट आफूले पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।
रसुवाका प्रेम तामाङ एमालेमा प्रवेश गरेसँगै रसुवा एमालेमा विवाद हुँदै आएको थियो । ढकालले आफूमाथि चौतर्फी घेराबन्दी भएकाले पार्टी परित्याग गर्नुपरेको बताएका छन् ।
ढकालले पार्टी बैठकहरूमा आफूमाथि पार्टी सचिव लगायतले चार पटकसम्म सांघातिक आक्रमणको गरेको समेत दाबी गरेका छन् ।
यस विषयमा आफूले केन्द्रीय महासचिव शंकर पोखरेल, प्रदेश इन्चार्ज राजन भट्टराईलगायतका नेताहरूलाई जानकारी गराउँदा पनि समस्या सम्बोधन नभएपछि पार्टीले छाड्ने परिस्थिति बनेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ फागुन २०८१, ०९ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले कोशी प्रदेशले पठायो समानुपातिक नाम
शान्तिपूर्ण वातावरणमा चुनाव भए एमालेले बहुमत ल्याउँछ: केपी ओली
जिल्ला अध्यक्षसँग एमाले महासचिव पोखरेलले गरे भर्चुअल बैठक
एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै
ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणी- मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने होइन, कानूनअनुसार हुन्छ
एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने