काठमाडौ । एमाले रसुवाका अध्यक्ष जनार्दन ढकालले पार्टी परित्यागको घोषणा गरेका छन् । शनिबार उनले अध्यक्षसहित सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् ।
पार्टी परित्यागको घोषणापछि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नमस्कार सम्पुर्णमा कृपया कोहि कसैले ठिक गरिस वा बेठीक गरिस् भनेर फोन गर्ने कष्ट नगर्नु होला । यो मेरो निर्णय र स्वतन्त्रता हो ।’ यसअघि उनले एक टेलिभिजन अन्तरवार्ताबाट आफूले पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।
रसुवाका प्रेम तामाङ एमालेमा प्रवेश गरेसँगै रसुवा एमालेमा विवाद हुँदै आएको थियो । ढकालले आफूमाथि चौतर्फी घेराबन्दी भएकाले पार्टी परित्याग गर्नुपरेको बताएका छन् ।
ढकालले पार्टी बैठकहरूमा आफूमाथि पार्टी सचिव लगायतले चार पटकसम्म सांघातिक आक्रमणको गरेको समेत दाबी गरेका छन् ।
यस विषयमा आफूले केन्द्रीय महासचिव शंकर पोखरेल, प्रदेश इन्चार्ज राजन भट्टराईलगायतका नेताहरूलाई जानकारी गराउँदा पनि समस्या सम्बोधन नभएपछि पार्टीले छाड्ने परिस्थिति बनेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ फागुन २०८१, ०९ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह