काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले टिप्परहरूले कानुन नमान्दा दुर्घटनाहरू बढेको भन्दै अलग्गै लाइसेन्सको व्यवस्था गर्न माग गरेका छन् ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले स्थानीय तहका जनप्रतिनतिहरूको लगानी भएका टिपरहरूले कानुन मान्ने नगरेको उनको आरोप छ ।
टिपरको व्यवस्थापनमा राज्य संयन्त्र नै कमजोर रहेको उनको भनाइ छ ।‘धेरै स्थानीय तहका प्रतिनिधिहरूको लगानी रहेको छ टिप्परका उनीहरूले कानुन मान्दैनन् । टिपरलाई फरक लाइसेन्सको व्यवस्था गरियोस् भनेर टेक्निकल एडभाइस पनि आएको छ,’ उनले भने ।
सांसद झाले सीतापाइला र धार्केमा टिप्पर हिँड्न अनुमति नदिएको भए पनि जबरजस्ती हिँडिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए । ‘अर्को कुरा, सीतापाइला र धार्केमा टिप्पर हिँड्न अनुमति दिइएको छैन तर जबरजस्ती गुडाउँछन् । किनकि स्थानीय नेता र ठेकेदारहरूको लगानी भएकोले । सरकार र राज्य पनि एकदमै कमजोर भएको छ । यस्तो अवस्थामा हामीले कसरी नियन्त्रण गर्न सक्छौँ । कि यो मृतकको संख्या मात्र गनेर बसिराख्ने हो ?,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ फागुन २०८१, १५ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा बैठक सर्यो
विपक्षी दलहरूको बैठक बस्दै
आर्थिक सर्वेक्षण पेस : यस वर्ष आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
आजको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्रीले जवाफ दिने
विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण