काठमाडौं । जनकपुरमै पांग्रा छुटाएर काठमाडौं आएको बुद्ध एयरको विमानको विषय संसद्मा प्रवेश गरेको छ । बिहीबार विमान उड्ने क्रममा अगाडिको टायर जनकपुरमै खसेको विषयमा छानबिन आयोग बनाउन सांसदले माग गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंहले जाँचबुझ आयोग गठन गर्न माग गरेका हुन् । “...काठमाडौंमा एउटा पांग्रामा ल्यान्ड गर्यो, त्यसका लागि एउटा जाँचबुझ आयोग गठन गरियोस् भन्ने माग राख्न चाहन्छु,” उनले भने ।
नेकपा (माओवादी केन्द्र)की सांसद छिरिङ लामु लामा तामाङले एउटा पांग्रा जनकपुरमै छुटेर आयो भन्ने सुन्दा यात्रुको मनमा भुइँचालो नै आएको बताइन् ।
“यो सुन्दा हजारौँ यात्रुको मनमा भुइँचालो गयो होला, मेरो पनि त्यस्तै भयो,” उनले भनिन् । उनले रनवेबाट पांग्रा समयमै निकाल्दा अर्को खतरा टरेको पनि बताइन् । उनले हवाई क्षेत्र बेवारिसे बनाएको विषयमा पनि प्रश्न गरिन् ।
बिहीबार बेलुका ५ः४५ को उडानका क्रममा बुद्धको ९ एनएएनएच विमानको अगाडिको एउटा टायर जनकपुरमा नै छुटेको थियो । तर, विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षितरूपमा अवतरण गर्न सफल भएको थियो । विमानमा ६२ यात्रु थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ फागुन २०८१, १३ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
संसद् बैठक अघि विपक्षी दलहरूको बैठक बस्दै
संसद् भवनमा विपक्षी दलको बैठक
सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै, के-के छन् कार्यसूची ?