काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप परीक्षण (ट्रायल)का लागि लगाउने भन्ने भनाइमा कुनै पनि सत्यता नरहेको स्पष्ट पार्नुभएको छ ।
पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने एचपिभी(ह्युमन प्यापिलोमा भाइरस) खोपको हालसम्म गरिएका अध्ययनअनुसार सुरक्षित पाइएको र यसको कुने नकारात्मक असर नदेखिएको उहाँले बताउनुभयो ।
राष्ट्रियसभाको आजको बैठकमा मौखिक प्रश्नको उत्तर दिने क्रममा मन्त्री पौडेलले भन्नुभयो, “यो खोपले पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरसको सङ्क्रमणबाट सुरक्षित गराउँछ । यो खोप सुरक्षित र प्रभावकारी छ । यसबाट हालसम्म कुनै गम्भीर किसिमका असर वा घटना भएका छैनन् ।”
सांसद मदनकुमारी शाह (गरिमा)ले किशोरीलाई लगाइने यो खोप पूर्ण स्वास्थ्यका दृष्टिकोणबाट कति सुरक्षित छरु र यो खोप पुरुषलाई दिने प्रबन्ध सरकारले कहिले मिलाउने भनी प्रश्न गर्नुभयो । उत्तरमा मन्त्री पौडेलले अन्य राष्ट्रमा पुरुषलाई पनि दिने गरिएको बताउँदै यसबारे सहयोगी राष्ट्रबाट उपलब्ध हुन सक्छ की भन्नेमा गृहकार्य भइरहेको जानकारी दिनुभयो ।
गत माघ २२ गतेदेखि देशव्यापी रूपमा सुरूआत गरिएको अभियानमा हालसम्म १४ लाख किशोरीले यो खोप लगाइसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आगामी वर्षदेखि यसलाई नियमित खोपका रूपमा कक्षा ६ का छात्रा र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीलाई दिइनेछ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २२ फागुन २०८१, १५ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नयाँ आर्थिक वर्षमा न्युरो साइन्सेस सेन्टर बन्छ: स्वास्थ्यमन्त्री पौडेल
श्रमिकको उपचार जिम्मा रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ताव डब्ल्यूएचओ लैजान्छौं : स्वास्थ्यमन्त्री पौडेल
प्राथमिकता निर्धारण गरी कुष्ठरोग नियन्त्रणमा लागौँ : स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैन: स्वास्थ्यमन्त्री पौडेल
क्षयरोग न्यूनीकरण गर्न प्राथमिकता बदल्नुपर्ने जरुरी देखियो: स्वास्थ्यमन्त्री पौडेल
सरकारी अस्पताललाई औषधि छैन भन्ने छुट छैन : स्वास्थ्यमन्त्री पौडेल