काठमडौं । गृह मन्त्रालयले आगामी ५ चैतमा हुने स्ववियु चुनावको लागि सुरक्षा व्यवस्था मिलाउन सुरक्षा निकायलाई निर्देशन दिएको छ । त्रिभुवन विश्वविद्यालय, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले स्ववियु चुनावको लागि सुरक्षा प्रवन्ध गर्न माग गरेपछि गृहले सुरक्षा निकायलाई निर्देशन दिएको हो ।
नेपाल प्रहरीको प्रधान कार्यालय र सबै जिल्ला प्रशासन कार्यालयलाई स्ववियु चुनाव हुने क्याम्पसमा मतगणनाको कार्य पुरा नहुन्जेलसम्म सम्पूर्ण क्याम्पसहरूमा शान्ति सुरक्षाको व्यवस्था गर्न गृह मन्त्रालयले भनेको हो ।
‘स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन सञ्चालन व्यवस्थापनका क्रममा सम्बन्धित सबै क्याम्पस व्यवस्थापनसँग आवश्यक समन्वय गरी भरपर्दो सुरक्षा व्यवस्था मिलाउनु हुन प्राप्त निवार्चन कार्यतालिका यसैसाथ संलग्न गरी पठाईएको व्यहोरा निर्देशानुसार अनुरोध छ,’ गृहको पत्रमा भनिएको छ ।
सोमबारदेखि निर्वाचन कार्यक्रम सुरु भएको छ । जसअन्तर्गत क्याम्पस क्याम्पसमा स्ववियु निर्वाचनको लागि संगठन दर्ता भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ फागुन २०८१, १५ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन तयारीबारे आयोग र गृह मन्त्रालयबीच छलफल
सीडीओहरूलाई गृह मन्त्रालयको १० बुँदे सर्कुलर
गृह मन्त्रालयले ओली र दाहालका मापदण्ड विपरीतका सुरक्षाकर्मी फिर्ता बोलायो
अध्यागमन र भिजिट भिसा प्रकरणको प्रतिवेदन गृह मन्त्रालयमा पठाउने निर्णय
विरोधका कार्यक्रम शान्तिपूर्ण ढङ्गबाट गर्न गृह मन्त्रालयको आग्रह
फरार अभियुक्त पक्राउ गर्न गृह मन्त्रालयले बढायो सक्रियता