काठमाडौं। विपद्मा परेकाहरूको हवाई उद्धारमा लागेको भाडा विपद् कोषबाट भुक्तानी हुने भएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २९औं बैठकले यस्तो निर्णय गरेको हो ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आजको बैठकले पश्चिम नेपालमा गएको भूकम्पबाट क्षति पुगेका निजी आवासको विस्तृत क्षति आकलन र पुनर्लाभ कार्यक्रमका लागि थप जनशक्ति तथा कार्यालय व्यवस्थापनका लागि आवश्यक बजेट समेत स्वीकृत गरेको छ ।
बैठकले विपद् स्वयंसेवक परिचालन तालिम पाठ्यक्रम २०८१ समेत स्वीकृत गरेको छ। बैठक गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ फागुन २०८१, १४ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
४ महिनामा विपद्का घटनामा परेर १२६ जनाको मृत्यु, २३ बेपत्ता
चार महिनामा विपद्का दुई हजार ६ सय ७५ घटना
मधेसमा विपद्: चालु आर्थिक वर्षमा ४२२ जनाको मृत्यु
विपद्को एक वर्ष : आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु
विपद् जोखिम न्यूनीकरण परिषद् बैठकमा वायु प्रदूषणका विषयमा छलफल
सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठक