ढाका । बंगलादेशको राष्ट्रिय सेनाले देशको स्थिति नियन्त्रणबाहिर जान लागेको र कानून व्यवस्था थप खराब हुँदै गएको भन्दै अब यो अराजकता लामो समय रहन गाह्रो हुने चेतावनी दिएको छ ।
आर्मी समारोहलाई सम्बोधन गर्दै प्रधान सेनापति जनरल वाकर उज जमानले अन्तरिम राजनीतिक नेतृत्व अराजकता नियन्त्रण गर्न असफल भएको बताएका छन् । उनले बंगलादेशी सेनाको कुनै महत्वकांक्ष नरहेको तर अराजकताले सीमा नाघेको बताएका छन् ।
सेनापतिले शान्ति व्यवस्था कायम गर्न त्यहाँको प्रहरी पूर्णरूपमा असक्षम भइसकेको र प्रहरीका उच्च अधिकारीहरुलाई शेख हसिनाको सरकारसँग जोडेर कोहीलाई जेल र कोहीलाई अदालती प्रक्रियामा लगिएपछि प्रहरीको मनोबल समाप्त भएको बताएका छन् ।
सेनापतिले भनेका छन्, ‘देशमा तत्कालन राष्ट्रिय एकता र संस्थागत अनुशासनको अत्यावश्यक भइसकेको छ । समाजमा एक अर्काबीच भइरहेको तनाव,झगडा र लडाइले बंगलादेशको सार्वभौमिकता एकदमै खतरामा परिसकेको छ । यदि तपाईँहरू एक आपसमा विमतिलाई छाड्नुको साटो निरन्तर एक अर्काको हत्या गर्ने र आतंक मच्चाउने काममा लागिरहनु हुन्छ भने देशको एकता र स्वतन्त्रता थप खतरामा पर्नेछ ।’
कुनै राजनीतिक समूहको नाम नलिई उनले सरोकारवालाहरूले एक अर्कोलाई आरोप लगाएर परिस्थिति आफ्नो पक्षमा पार्न खोजे पनि देश अराजकताको आगोमा परिसकेको सेनापतिले बताएका छन् ।
बंगलादेशमा विद्यार्थी आन्दोलनले सत्ताच्यूत भएपछि हसिना भारतमा निर्वासित छन् भने महमद युनुसको नेतृत्वमा अन्तरिम सरकार छ । अन्तरिम सरकारले निर्वाचन गर्ने भने पनि त्यहाँ अराजकता कायमै छ भने हिन्दू धार्मिक अल्पसंख्यकहरूमाथि अत्याचारले सीमा नाघेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ फागुन २०८१, १२ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बंगलादेशमा लोकतान्त्रिक सरकार: प्रधानमन्त्री रहमानको शपथ आज
बंगलादेशको निर्वाचनमा बीएनपीलाई बहुमत
बंगलादेशमा बीएनपीले ल्यायो बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित
शेख हसिना भारत भागेपछि बंगलादेशमा आज पहिलोपटक मतदान हुँदै
बंगलादेश भोलि आम निर्वाचन, आधाभन्दा बढी मतदान केन्द्रमा हिंसाको जोखिम
बंगलादेशमा फेरि हिन्दु व्यक्तिमाथि सांघातिक हमला