काठमाडौँ । बिहीबारदेखि तीन दिनसम्म काठमाडौँका केही स्थानमा विद्युत् आपूर्ति प्रभावित हुनसक्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
मूलपानी १३२ केभी सबस्पेशनमा भक्तपुर–चपली १३२ केपी प्रशारण लाइनलाई ‘लुप इन लुप आउट’ गर्नका लागि बिहीबार बिहान ६ बजेदेखि शनिबार साँझसम्म तीन दिन तोकिएको स्थानमा विद्युत् सेवा प्रभावित हुनसक्ने प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।
जसअनुसार चपली सबस्टेसन, लैनचौर सबस्टेसन, चाबहिल सबस्टेसन, बालाजु सबस्टेसन, पुरानो चाबहिल तथा महाराजगन्ज ११ केभी स्विचिङ सबस्टेसनहरुबाट सञ्चालित वितरण केन्द्र अन्तरगतका ११ केभी फिडरहरुबाट विद्युत् आपूर्ति हुने स्थानहरूमा विद्युत् सेवा प्रभावित हुनसक्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ फागुन २०८१, १३ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थापाथलीमा डोजरको त्रासमा निसास्सिएका सपनाहरूः घर भत्किँदा टुटेको मान्छेको सहारा (फोटो फिचर)
बैजनी रङमा रंगिएको काठमाडौंः सडकमा पोखिएको वसन्तको मधुर सपना’ (फोटो फिचर)
काठमाडौँ महानगरले ‘दुई पाङ्ग्रे एम्बुलेन्स’ चलाउने
आज र भोलि काठमाडौँ-दुबई उडान हुँदै
धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने
चितवनविरुद्धको सुरुवातमै काठमाडौंले गुमायो दुई विकेट