काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अत्याधुनिक प्रविधि, सीपले सुसज्जित, अध्ययन अनुसन्धानमा पारङ्गत र कूटनीतिक कौशलमा निपूर्ण सेना आजको आवश्यकता भएको बताएका छन् ।
सेना दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले दिवसले सेनाहरूको साहस, वीरता, समर्पण र बलिदानलाई स्मरण गर्ने अवसर प्रदान गर्ने उल्लेख गरेका छन् ।
सेनाले राष्ट्र सुरक्षा र सम्मानको रक्षा गर्ने जनाउँदै उनले नेपाली सेनाले साहसी र समर्पित भावले काम गरिरहेको बताएका छन् ।
उनले भनेका छन्, ‘सेना दिवसका अवसरमा हामी सबै मिलेर देशको सुरक्षा र विकासमा योगदान दिने सङ्कल्प लिन सक्नु पर्दछ । सेनाले मुलुकलाई बाहिरी शत्रुबाट रक्षा गर्नुका साथै विभिन्न प्राकृतिक प्रकोप र विपद्को घडीमा देश र समाजलाई सहयोग गर्दै आएको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ फागुन २०८१, १० : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपतिबाट कार्य सम्पादन गर्नेगरी जिम्मेवारी
समावेशी सिद्धान्तमा आधारित समाज निर्माण गर्ने सङ्कल्प गरौँ : उपराष्ट्रपति
भेनेजुएलाको कार्यकारी राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति रोड्रिगेजलाई
उपराष्ट्रपति यादव युएईको स्वागत समारोहमा सहभागी
भियतनामका उपराष्ट्रपति आज नेपाल आउँदै
जलवायु परिवर्तनका चुनौतीको समयमै समाधान गरौँ : उपराष्ट्रपति यादव