काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न विषयका लागि खुलाइएको छात्रवृत्तिमा आवेदन दिनेहरूको संख्या नपुगेको भन्दै विद्यार्थीसँग आवेदन दिन आह्वान गरेका छन् ।प्रधानमन्त्री ओलीले फेसबुकमार्फत् खाली सिटमा छात्रवृत्तिका लागि छिटोभन्दा छिटो आवेदन दिन आग्रह गरेका हुन् ।
खाली रहेका सिटमा छात्रवृत्तिको लागि एक/दुई दिनभित्रै आवेदन दिन प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् ।
'शिक्षा मन्त्रालयबाट विभिन्न विषयको छात्रवृत्तिका लागि आवेदन खुलाइएकोमा आवश्यक संख्या नपुगेका कारण अन्डर ग्रयाजुएट एमबीबीएस १ जना, पोस्ट ग्रयाजुएट इन्जिनियरिङमा ७ जना, एग्रीकल्चरमा ३ जना, पीएचडी इन्जिनियरिङमा १ जना, भेटेरिनरीमा १ जना, आइटीमा ४ जना, मेडिकल साइन्समा २ जना र कन्जरभेसन १ जनाको सिट अझै खाली रहेको सूचना पाएको छु,' उनले लेखेका छन्, 'खाली रहेका सिटमा छात्रवृत्तिको लागि छिटोभन्दा छिटो (एक/दुई दिनभित्रै) आवेदन दिनुहोला।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ फागुन २०८१, १३ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदै
आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो: प्रधानमन्त्री ओली
योगको सम्बन्ध इजरायल-इरानबीचको द्वन्द्व अन्त्यसँग सम्बन्धित छ : प्रधानमन्त्री ओली
नेपाली समाजमा अनुशासनको कमी छ: प्रधानमन्त्री ओली
निजामती विधेयकमा केही समय पर्खिन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने