काठमाडौं। भारतको दिल्ली विधानसभाबाट आम आदमी पार्टीका १३ विधायकलाई एक दिनको लागि निष्कासित गरिएको छ। विपक्षी दलकी नेता तथा दिल्लीका पूर्वमुख्यमन्त्री आतिशीसहित नेताहरूलाई विधान सभाबाट निकालिएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।
समाचारअनुसार दिल्लीका एलजी विनय कुमार सक्सेनाको सम्बोधनका क्रममा आम आदमी पार्टीका विधायकहरूले नाराबाजी गरेका थिए । नाराबाजीपछि विधानसभा अध्यक्ष विजेन्द्र गुप्ताले उनीहरूलाई निष्कासन गरेका हुन् ।
एलजी सक्सेनाले आफ्नो सम्बोधनमा सरकारको ध्यान भ्रष्टाचारमुक्त शासन, महिला सशक्तीकरण, स्वच्छ दिल्ली, यमुनाको पुनरुत्थान र स्वच्छ खानेपानीमा हुने बताएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ फागुन २०८१, १२ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् विघटन नगर्न बिन्ती गर्दै सीके राउतले अघि सारे सातबुँदे प्रस्ताव
संसद्को लाइभ बन्द हुने
प्रधानमन्त्रीको सम्बोधनमा रास्वपाले संसद् अवरोध नगर्ने
आज सङ्घीय संसद्का दुवै सदनकाे बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
संसद्को विधायन समितिले नागरिकता विधेयक अघि बढाउँदै
राप्रपा र रास्वपा आफ्ना कुरा राखेर आज पनि संसद् बैठकबाट बाहिरिए