काठमाडौं। भारतको दिल्ली विधानसभाबाट आम आदमी पार्टीका १३ विधायकलाई एक दिनको लागि निष्कासित गरिएको छ। विपक्षी दलकी नेता तथा दिल्लीका पूर्वमुख्यमन्त्री आतिशीसहित नेताहरूलाई विधान सभाबाट निकालिएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।
समाचारअनुसार दिल्लीका एलजी विनय कुमार सक्सेनाको सम्बोधनका क्रममा आम आदमी पार्टीका विधायकहरूले नाराबाजी गरेका थिए । नाराबाजीपछि विधानसभा अध्यक्ष विजेन्द्र गुप्ताले उनीहरूलाई निष्कासन गरेका हुन् ।
एलजी सक्सेनाले आफ्नो सम्बोधनमा सरकारको ध्यान भ्रष्टाचारमुक्त शासन, महिला सशक्तीकरण, स्वच्छ दिल्ली, यमुनाको पुनरुत्थान र स्वच्छ खानेपानीमा हुने बताएका थिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ फागुन २०८१, १२ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद्को दुवै सदनको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुने
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
संघीय संसद्को दुवै सदनको बैठक आज, यस्ता छन् कार्यसूची
ओली र लेखकलाई पक्राउ गरेकोप्रति एमालेको आपत्ति, तत्काल रिहाइ गर्न संसद्बाट माग
संसद्को पहिलो बैठकमा तीन वटा अध्यादेश पेश गर्दै गृहमन्त्री सुधन गुरुङ