काठमाडौं । नेकपा माओवादी केन्द्रले ऊर्जामन्त्री दीपक खड्काको भूमिकामाथि प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद देवेन्द्र पौडेलले ऊर्जा मन्त्रालयमा जात्रा भइरहेको टिप्पणी गरे ।
उनले भने, ‘दूधकोशी जलविद्युतका सिइओलाई कारबाही हो कि के हो ? पत्र सार्वजनिक भएको छ। मन्त्रीको आलोचना गरेको कारणले, विद्युत् महसुल आयोगले महसुल तिर्नेहरूको लाइन काट्ने हो कि नतिर्नेको ? विद्युतको महसुल नतिर्नेको लाइन नकाट्न भनिँदै छ।’
उनले सरकारले कुलमान घिसिङलाई हटाउन खोजेको भन्दै भइरहेको प्रचारप्रति आपत्ति जनाए। कुलमानले घाटामा गएको प्राधिकरणलाई नाफामा पुर्याएर के गल्ती गरे ? लोडसेडिङ मुक्त बनाएर के गल्ती गरे ? भन्दै प्रश्न गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ फागुन २०८१, १३ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा लोडसेडिङ होइन, पानी तान्ने पम्प नचलाइदिन भनेको होः ऊर्जामन्त्री खड्का
ऊर्जा मानव जीवनको लागि अक्सिजन सरहः ऊर्जामन्त्री खड्का
क्षति न्यूनीकरणका लागि पूर्व सूचना प्रणाली सरकारको प्राथमिकतामा छ : ऊर्जामन्त्री खड्का
मेलम्ची-हेलम्बू क्षेत्रको पुनर्निर्माणमा सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री खड्का
ऊर्जामन्त्री खड्कासँग नेपालका लागि जर्मनीका कार्यवाहक राजदूतको शिष्टाचार भेट
कार्बन बिक्रीबापत प्राप्त रकम विपन्न नागरिकको हितमा परिचालन गर्नुपर्छ: ऊर्जामन्त्री खड्का