काठमाडौं । नेकपा माओवादी केन्द्रले ऊर्जामन्त्री दीपक खड्काको भूमिकामाथि प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद देवेन्द्र पौडेलले ऊर्जा मन्त्रालयमा जात्रा भइरहेको टिप्पणी गरे ।
उनले भने, ‘दूधकोशी जलविद्युतका सिइओलाई कारबाही हो कि के हो ? पत्र सार्वजनिक भएको छ। मन्त्रीको आलोचना गरेको कारणले, विद्युत् महसुल आयोगले महसुल तिर्नेहरूको लाइन काट्ने हो कि नतिर्नेको ? विद्युतको महसुल नतिर्नेको लाइन नकाट्न भनिँदै छ।’ उनले सरकारले कुलमान घिसिङलाई हटाउन खोजेको भन्दै भइरहेको प्रचारप्रति आपत्ति जनाए। कुलमानले घाटामा गएको प्राधिकरणलाई नाफामा पुर्याएर के गल्ती गरे ? लोडसेडिङ मुक्त बनाएर के गल्ती गरे ? भन्दै प्रश्न गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ फागुन २०८१, १३ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ऊर्जामन्त्री खड्कासँग एमसिसीका सहायक उपाध्यक्ष विङ्गलको शिष्टाचार भेट
चितवनमा लोडसेडिङ होइन, पानी तान्ने पम्प नचलाइदिन भनेको होः ऊर्जामन्त्री खड्का