पौडेल दम्पतिद्वारा दुर्गा मन्दिरकालागी जग्गा प्रदान

सफल खबर संवाददाता

शनिबार, १७ कार्तिक २०७५, १२ : ४८
पौडेल दम्पतिद्वारा दुर्गा मन्दिरकालागी जग्गा प्रदान

चितवन । भरतपुर महानगरपालिका १४ सुन्दरवस्तीमा दुर्गा मन्दिर निर्माण गर्न समाजसेवी हिमराज पौडेल र उनकी श्रीमती नेतृ सावित्री अधिकारीले भूमि दान गरेका छन् ।

पौडेल दम्पतिले आफ्नो स्वर्गीय पिता महेश्वर पौडेल र स्वर्गीय माता हरिकला पौडेलको स्मृतिमा दुर्गामाता मन्दिर निर्माणका लागि १६ धुर जग्गा दान गरेका हुन् । एक कार्यक्रमकाबीच सुन्दर आमा समुहलाई पौडेल दम्पतिले भुमि दान गरेका थिए । 

चितवन काठमाडौँ संघिय जनसम्पर्क मञ्चका कोषाध्यक्ष हिमराज पौडेल र चितवन काठमाडौँ महिला सञ्जालकी अध्यक्ष सावित्रि पौडेलले समाजिक उत्तर दायित्व अन्र्तगत आफुहरुले मन्दिर बनाउन भूमिदान गरेका बताए ।


 

प्रतिक्रिया दिनुहोस