काठमाडौँ । सभामुख देवराज घिमिरेले बोल्ने समय नदिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठ प्रतिनिधि सभा बैठकबाट बाहिरिएकी छन् ।आकस्मिक समयमा बोल्न सभामुखसँग श्रेष्ठले समय मागे पनि दिएनन् । सभामुखले बोल्न समय नदिएपछि सांसद श्रेष्ठ बैठक छाडेर बाहिरिइन् ।
सभामुखले पटक पटक समय लिएर बोल्न पाइने भन्दै नियमावली सम्झाए पनि उनी मानिन् । सोमवार रास्वपाबाट आकस्मिक समयमा मनिष झा बोलेका थिए । आकस्मिक समय सकिएर शून्य समय सुरु हुन लाग्दा उठेर टेबल ठटाएकी श्रेष्ठले सभामुखको रुलिङ अस्वीकार गर्दै औँला ठड्याएर आक्रोश व्यक्त गरिन् । तर सभामुखले समय नदिएपछि उनी झोक्किँदै बाहिरिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ फागुन २०८१, १४ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुख र प्रधानमन्त्रीबीच भेटवार्ता
फरक विषय बोल्न थाल्नुभयो भने समय नदिने अवस्था आउन सक्छ: सभामुख
संसदमा प्रधानमन्त्रीको खोजी, रुलिङ गर्न सभामुखसँग कांग्रेसको माग
सभामुखले बोलाए प्रमुख सचेतक तथा सचेतकको बैठक
सभामुख र चिनियाँ राजदूतबीच भेटवार्ता, ताइवान-तिब्बतसम्बन्धी नेपालको नीतिमा चासो
सभामुख र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता