काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गैरसरकारी संस्थाभित्र पारदर्शिता हुनुपर्छ भन्ने आवाज रहेको बताएका छन् । मंगलबार पार्टीको केन्द्रिय कार्यालय सानेपामा आयोजित ‘गैरसरकारी संस्थासम्बन्धी काँग्रेसको नीति’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘यी संघसंस्थाहरूमा सुशासन, पारदर्शिता र आन्तरिक लोकतन्त्र मजबुद हुनुपर्छ भन्ने पनि आवाज छ,’ सभापति देउवाले भने ।
गैरसरकारी संस्थाले परियोजना छनोट गर्दा स्थानीयको चाहना र आवश्यकतालाई ख्याल गर्नुपर्ने उनले सुझाए । ‘हाम्रा हिमालहरू नांगिन थालेका छन् । गैरसरकारी संस्थाहरूले हिमाल कसरी जोगाउने भन्ने विषयमा सामुदायिक सचेतनादेखि व्यक्तिगत पहल गर्न आवश्यक छ,’ सभापति देउवाले भने ।
एउटै कार्यक्रममा दोहोरो खर्च गर्ने प्रवृत्ति पनि अन्त्य गर्न आवश्यक रहेको उनले सुझाए । जलवायु परिवर्तनले धेरै असर पारेकाले यसमा सबैको ध्यान पुग्नुपर्ने उनको आग्रह छ ।
पार्टीले वैदेशिक सहायतालाई स्थानीयको चाहना र आवश्यकता अनुसार परिचालन गर्नुपर्ने नीति लिँदै आएको र यसले नै निरन्तरता पाउने सभापति देउवाले बताए । आर्थिक समृद्धि र विकासमा योगदान पुर्याउने गरी वैदेशिक साहायता लिनुपर्ने र लिइने सभापति देउवाको प्रतिबद्धता छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ फागुन २०८१, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गौरापर्वले नारी शक्ति, समर्पण र संस्कृतिप्रतिको आस्थालाई उजागर गर्छः सभापति देउवा
‘लखन थापा मगरलाई प्रथम शहीद घोषणा काँग्रेसले नै गरेको हो’ : देउवा
भ्रातृ संस्थाका महाधिवेशन निर्देशन समिति पदाधिकारीसँग बुढानीलकण्ठमा छलफल
पर्वहरू पहिचानसँगै सामाजिक एकता र संस्कृतिका प्रतीक हुन् : सभापति देउवा
पर्वहरूको मौलिकता जोगाउनु हाम्रो सामूहिक दायित्व : देउवा
लगानीकर्तालाई ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्छ : सभापति देउवा