एजेन्सी । बेलायती प्रधानमन्त्री केइर स्टारमरले युक्रेनको सुरक्षाका लागि सेना तैनाथ गर्न तयार भएको बताएका छन्।
अहिले चलिरहेको शान्ति वार्ताकै क्रममा स्टारमरले युक्रेनको सुरक्षा पनि महत्त्वपूर्ण विषय भएको बताएका हुन्।
टेलिग्राफमा लेख्दै उनले शान्ति स्थापनाका साथै भविष्यमा पनि पुटिनबाट हुनसक्ने खतराबाट जोगाउनका लागि आफू युक्रेनलाई सहयोग गर्न तयार भएको बताएका हुन्।
सोमबार पेरिसमा हुन लागेको युरोपेली सम्मेलनको पूर्व सन्ध्यामा स्टामरले युक्रेनको सुरक्षा, युरोपको सुरक्षा तथा आफ्नै देशको सुरक्षा अहिले गम्भीर विषय बनेको बताएका हुन्।?
उनले रुस र युक्रेनी सीमामा बेलायतसहित अन्य युरोपेली देशका सेना तैनाथ गर्नु आवश्यक रहेकोमा जोड दिएका छन्।
युरोपलाई बेवास्ता गर्दै अमेरिकी राष्ट्रपति ट्रम्प पुटिनसँग वार्ता गर्न पुगेपछि स्टेइमरले युरापेलीको एकताको आवश्यकता औँल्याएका हुन्।
अमेरिका र रुसका राष्ट्रपतिको कदमप्रति आक्रोश व्यक्त गरेका उनले शान्ति वार्तामा युक्रेनको आवश्यकता रहेकोमा जोड दिएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ फागुन २०८१, ०९ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनको आक्रमणले रुसका प्रमुख विमानस्थलहरू अस्थायी रूपमा बन्द, सयौं उडान रद्द
युक्रेनमा विद्युतीय सवारी साधनको बिक्री ३० प्रतिशतले वृद्धि
रुसले युक्रेनमा रासायनिक हतियारको प्रयोग तीव्र बनाएको आरोप
युक्रेनमाथि हालसम्मकै ठूलो रुसी आक्रमण
अमेरिकाद्वारा युक्रेनलाई हतियार दिन बन्द
युक्रेनमा रुसको क्षेप्यास्त्र र ड्रोन आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु