काठमाडौं । जसपा नेपालले अध्यादेशहरू स्वीकृतिको प्रक्रिया अगाडि बढाउने सत्तागठबन्धनको निर्णयमा आफ्नो सहमति नरहेको जनाएको छ ।संघीय संसद्का दुवै सदनमा अघि बढाउने सहमति भएको सत्तारुढ गठबन्धनले दाबी गरेको छ ।
शनिबार प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको बैठकमा सबै विधेयक स्वीकृतिका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने सहमति जुटेको गृहमन्त्री रमेश लेखकले जानकारी दिएका थिए । उनले बैठकस्थलबाटै प्रधानमन्त्री केपी शर्मा ओलीले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग टेलिफोन गरेको जनाएका थिए ।
सत्तागठबन्धनको बैठकमा प्रत्यायोजन विधेयक मार्फत् अध्यादेशमा आवश्यक संशोधन गरेर भए पनि अध्यादेश पारित गराउन सहमति जुटेको गृहमन्त्री लेखकले बताएका छन् ।जसपा नेपालका प्रवक्ता मनीष सुमनले भने भूमिसम्बन्धी अध्यादेशमा संशोधन अमान्य रहेको र फिर्ता नै हुनुपर्ने पूर्वअडानमा आफूहरू कायमै रहेको बताए ।
‘भूमिसम्बन्धी अध्यादेश फिर्ता लिन सरकार तयार हुनुपर्यो, सच्याउन होइन । त्यसमा संशोधनको कुनै औचित्य छैन,’ अनलाइनखबरसँग कुरा गर्दै सुमनले भने, ‘अन्य पाँचवटा अध्यादेश पनि जस्ताको तस्तै पारित गराउन हाम्रो समर्थन रहँदैन । त्यसमा प्रतिस्थापनको माध्यमबाट संशोधन गर्ने अवस्थामा मात्र हाम्रो समर्थन रहन्छ ।’
भूमिसम्बन्धी अध्यादेश फिर्ता नभएसम्म त्यसमा समर्थन हुन नसक्ने स्पष्ट हुन आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ फागुन २०८१, १५ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपालले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने
निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्न जसपा नेपालको माग
संविधान संशोधनको माग राख्दै जसपा नेपालले गर्यो आन्दोलनका कार्यक्रम घोषणा
जसपा नेपालले थप्यो ५ केन्द्रीय सदस्य
जसपा नेपालले थप्यो पाँच जना केन्द्रीय सदस्य
जसपा नेपालको केन्द्रीय समिति बैठक जारी