एनआईसी एशिया बैंकको नयाँ शाखा मोरङको लेटाङमा

सफल खबर संवाददाता

शुक्रबार, १६ कार्तिक २०७५, १५ : ०३
एनआईसी एशिया बैंकको नयाँ शाखा मोरङको लेटाङमा

मोरङ । एन आई सी एशिया बैंकले मोरङको लेटाङमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । लेटाङ नगरपालिका ४ स्थित शाखाको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्ना उपस्थिती सबल बनाउँदै गएको यस बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तिय सवलिकरण अभिबृद्वि गर्ने कार्यमा महत्वपूर्ण योगदान पु¥याएको  जनाए । 

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।

प्रतिक्रिया दिनुहोस